शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • १४ सय लिटर मदिरा बनाउने कच्चा पदार्थ बरामत

१४ सय लिटर मदिरा बनाउने कच्चा पदार्थ बरामत

  • सोमवार, माघ २८, २०७५
१४ सय लिटर मदिरा बनाउने कच्चा पदार्थ बरामत

लक्ष्मिराज पाध्यया बाजुरा, २८ माघ

जिल्ला प्रहरी कार्यलय बाजुराले १४ सय लिटर मदिरा बनाउने कच्चा पदार्थ बरामत गरेर नष्ट गरेको छ । बडिमालिका नगरपालिका ९ मेलकादमा जंगलमा गाढेर राखेको अबस्थामा बरामत गरेको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रमुख उद्धब सिं भाटले वताएका छन् । प्रहरिले सोमबार साँझपख बरामत गरेको हो ।

प्रहरीले जंगलमा ड्राममा गाढेर राखेको सुचनाका आधारमा खोजतलास गर्दा मदिरा बनाउने कच्चा पदार्थ बरामत गरेको प्रहरीले जनाएको छ । मेलकादमा होटल ब्यबसाहय गर्दै आएका २ परिवार बाट ठुलो मात्रामा बरामत गरेको प्रहरी प्रमुख भाटले वताएका छन् । मदिरा बनाउनका लागि चामल र अन्य सामाग्री कुवाइएर राखेको अबस्थामा फेला पारेको हो । जगलमा खाल्डो पारेर १४ ठाँउमा ड्राममा कच्चा पदार्थ राखेको फेला पारेको हो । एकै ठाँउमा ठुलो परिणाममा धेरै कच्चा पदार्थ भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यलय बाजुराले पछिल्लो समयमा गाँउ गाँउमा गएर पनि अबैध मदिरा बरामत गरेर नष्ट पार्दै आएको छ । अबैध मदिराका कारणले झै झगडा बढदै गएपछि प्रहरीले पछिल्लो समयमा सशक्क्त रुपमा मदिरा नियन्त्रण अभियान जारी गरेको छ । सदरमुकाम केन्द्रित मात्र प्रहरीले अबैध मदिराका लागि छापा मार्दै आएको प्रहरीले पछिल्लो समयमा गाँउ गाँउमा गएर अबैध मदिरा जबफत गरि नष्ट पादै आएको छ ।

जिल्ला प्रहरी कार्यलय बाजुराले दुई महिना यता ३ हजार भन्दा बढि अबैध मदिरा बरामत गरि नष्ट पारेको छ । जिल्लाका मार्तडी, कोल्टि बाजुर्गाड हिमाली गाँउ पालिका बिभिन्न स्थान बाट अबैध मदिरा बरामत गरि नष्ट पारेको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार