शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाज
  • ज्ञानेन्द्र शाही पुल्चोकबाट पक्राउ, पत्रकार सम्मेलनमैै शाही माथि हमला !

ज्ञानेन्द्र शाही पुल्चोकबाट पक्राउ, पत्रकार सम्मेलनमैै शाही माथि हमला !

  • आइतवार, भदौ २९, २०७६
ज्ञानेन्द्र शाही पुल्चोकबाट पक्राउ, पत्रकार सम्मेलनमैै शाही माथि हमला !

काठमाडौं । नेपालगञ्ज घटनाबारे पत्रकार सम्मेलन गरिरहेका ज्ञानेन्द्र शाहीलाई प्रहरीले सुरक्षा दिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईलाई पर्खिदा नेपालगञ्जबाट काठमाडौं आउनु पर्ने विमान डिले भएपछि शाहीको समूहले विरोध गरेको थियो । त्यसक्रममा मन्त्रीहरुमाथि गालीगलौज समेत भएको थियो । आफ्ना कारण विमान उड्न करिव १५ मिनेट ढिला भएको भन्दै मन्त्रीले माफी मागेका छन् । तर मन्त्रीले झुट बोकेको भन्दै ‘नेपालका लागि नेपाली अभियान’का अभियान्त समेत रहेका शाहीले त्यसको खण्डन गर्न पत्रकार सम्मेलन राखेका थिए ।

यो पनि पढ्नुहोस
नेपालगञ्ज विमानस्थलमा मन्त्री योगेश भट्टराईमाथि गालीगलौज पत्रकार सम्मेलनमा शाही र सहभागीबीच चर्काचर्की भएपछि प्रहरीले उनलाई त्यहाँबाट उद्दार गरेको छ ।

‘हामीले उहाँलाई जावलाखेलतिर ल्याइरहेका छौं । केही घटना नहोस् भनेर ल्याएका हौं’, ललितपुर प्रहरी परिसर, जावलाखेलका प्रमुख एसएसपी टेकप्रसाद राईले भने । कार्यक्रम कुपण्डोलको सीटी क्याफेमा राखिएको छ । उनले मन्त्री योगेशलाई मनपरी बोलेका थिए | त्यसै अनुरुप त्यहाँ झडप हुनसक्ने बताइएको थियो |

चर्चामा

सम्बन्धित समाचार