मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • बडिमालिका
  • तिज बिशेष कार्यक्रममा स्थानीय तहकाे प्रतिस्पर्धा 

तिज बिशेष कार्यक्रममा स्थानीय तहकाे प्रतिस्पर्धा 

  • बुधबार, भदौ १८, २०७६
तिज बिशेष कार्यक्रममा स्थानीय तहकाे  प्रतिस्पर्धा 
वडिमालिका नगरपािलकाले आयोजना गरेको तिज बिशेष कार्यक्रममा जान तयारी भएका महिलाहरु तस्वीर : संगीता तिमिल्सेना

संगीता तिमिल्सेना
बाजुरा १८ भदौ
नेपाली महिलाहरुको महान चाड हरितालिका तिज सुरु भएपछि गर्दा जिल्लामा तिज बिशेष कार्यक्रमको प्रतिस्पर्धा चलिरहेको छ । यतीखेर बाजुरा जिल्लाका स्थानिय तहहरु आ आफ्नै तरिकाले तिज बिशेष कार्यक्रमको आयोजना गरिरहेका छन् ।
बाजुरा जिल्लामा महिलाहरुले तिज मनाउन थालेको धेरै भएको छैन । अझै पनि कतिपय दुर्गम गाउँका महिलाहरुलाई त तिज के हो ? कसरी मनाउँछन् भन्ने कुराको जानकारी समेत छैन । तर कतिपय स्थानिय तहहरु प्रतिस्पर्धाको रुपमा तिज बिशेष कार्यक्रमको आयोजना गर्दैछन् ।
त्यसैमा पनि बजारहरुमा तिजको रमझम बढेको देखिन्छ । शनिबार मात्रै जिल्लाको वडिमालिका नगरपालिका र खप्तड छेडेदह गाउँपालिकाले तिज बिशेष कार्यक्रमको आयोजना गरेका थिए । त्यसैगरी हरेक दिन प्रत्येक स्थानिय तहले तिज बिशेष र दरखाने कार्यक्रम आयोजना गर्दैछन् ।
जिल्लाको त्रिवेणी नगरपालिकाल तिज बिशेष कार्यक्रममा मात्रै नगरपालिकाका ९ वटा वडामा प्रत्येक वडामा १० जार रुपैयाका दरले ९ वडामा ९० हजार रुपैया र नगरपालिबाट २५ हजार रुपैया बजेट विनियोजन गरी खर्च गरेको वडा न. ७ का वडा अध्यक्ष तथा नगरप्रवक्ता प्रेम थापाले बताएका छन् । उनले भने समग्र रुपमा तिज विशेष कार्यक्रमको लागिनै १ लाख १५ हजार रुपैयाँ विनियोजन गरि खर्च भएको छ । त्यस्तै खप्तड छेडेदह गाउँपािलकाले पनि तिज बिशेष दर खाने कार्यक्रमकै लागि ७० हजार बजेट विनियोजन गरेको उपाअध्यक्ष कुन्ती साउँद बुढाले बताइन् । उनले भनिन् प्रत्येक वडामा १० हजारका दरले रकम विनियोजन गरेका छौँ। महिलाहरले आ आफ्नै तरिकाले रमाइलो गरेर तिज मनाई दर खाइरहेका छन् ।
बुढीगंगा नगरपालिकाले पनि तिज बिशेष कार्यक्रमको आयोजना गरी ५० हजार रुपैया बजेट विनियोजन गरी खर्च गरेको उपप्रमुख तारा खातीले बताइन् । बुढीगंगा नगरपलिकाले सम्पुर्ण नगरपलिकाका महिलाहरुलाई शुक्रबार बोलाएर कार्यक्रमको आयोजना गरी नाचगान गरी दर खाएको उपप्रमुख खातीको भनाई रहेको छ ।
जिल्लाको गौमुल गाउ“पालिकाले पनि तिज विशेष कार्यक्रमको आयोजना गरी महलाहरले दर खाई नाचगान गरेका छन् । गाउ“पािलकाका उपाअध्यक्ष सिता थापाले भने आफुले आफ्नै व्यक्तीगत ४० हजार रुपैया खर्च गरेर गाउ“पािलकाका महिलाहरुलाई दर खुवाउने नाचगान गरी रमाइलो गर्न लगाएको बताइन् । रमाइलो गर्ने कार्यक्रमकै लागि गाउ“पािलकाबाट भन्दा पनि नया“ तरिकाले तिज मनाउनका लागि आफैले खर्च गरेको उनको भनाई रहेको छ । जिल्लाको वडिमालिका नगरपालिकाले भने तिज बिशेष कार्यक्रमको आयोजना गरी प्रसाद ग्रहण मात्र गरेको जनाएको छ । कार्यालय व्यवस्थापनको रकमबाट खर्च हुनेगरी प्रसाद मात्र गहण गरेको नगरउपप्रमुख कविता विष्टले बताइन् । उनले भनिन हामी सबै नारीहरको अवस्थालाई हेरी धेरै खर्च नगरी तिज मनाउन पनि आग्रह गरेको थियौ“ ।
त्यसैगरी जिल्लाको बुढीनन्दा नगरपलिका, जगन्नाथ गाउ“पलिका र स्वामिकार्तिक गाउ“पलिका र हिमाली गाउ“पलिकाले पनि स्थानिय तहबाट रकम विनियोजन गरी तिज बिशेष कार्यक्रमको आयोजना गरेका छन् ।
स्थानिय तहको रकमले बढी चर्कीलो भएको स्थानियको गुनासो
कतिपय स्थानियहरुले भने महिलाहरुले स्थानिय सरकार आएदेखि तिज अलि बढीनै चर्कीलो भएको गुनासो गरेका छन् । स्थानिय सरकारले बजेट विनियोजन गर्दै दिनानुदिन तिज बिशेष कार्यक्रमको आयोजना गर्दै दर खाने गरेको बुढीनन्दा नगरपालिका–३ का स्थानिय धन बहादुर बोहराले बताएका छन् ।
उनले भने पहिला पहिला तिज अलि ठिकै हुन्थ्यो अहिले स्थानिय तहले रकम विनियोजन गरेपछी तिज बिशेष कार्यक्रम गरी दर खाने गरिएको छ । यसो गर्दा आर्थिक अवस्था कमजोर भएका महिलाहरुका लागि तिज निकै भड्कीलो हुने उनको ठम्याई रहेको छ ।
हुनेखाने महिलाहरले दिनप्रतिदिन फेरी–फेरी लुगा र गहना फेर्ने गर्दछन् । यसो गर्नाले अन्य महिलाहरुका लागि असहज भएको बुढीनन्दा–५ का बुद्धिजीवी महिला कुश्मा पाधयायले बताइन् । तिजलाई खासै तडक भडक नगरी सबै नारीहरुलाई समान रुपले मनाउने वातावरण सिर्जना गर्न सबैले लाग्नुपर्ने पाध्यायको भनाई रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार