सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • शिक्षा
  • २ दिने बिद्यालय स्थरिय खेलकुद प्रशिक्षण तालिम संचालन

२ दिने बिद्यालय स्थरिय खेलकुद प्रशिक्षण तालिम संचालन

  • शनिबार, असार २१, २०७६
२ दिने बिद्यालय स्थरिय खेलकुद प्रशिक्षण तालिम संचालन

बडीमालिका खवर
बाजुरा २१ असार
बाजुरा जिल्लाका बिभिन्न बिद्यालयका खेल प्रशिक्षकहरुका लागी २ दिने खेल प्रशशिण तालिमको आयोजना गरिएको छ । प्रदेश सरकार सुदुरपश्चिम प्रदेश सामाजिक बिकास मन्त्रालयको आयोजनामा तालिमको आयोजना गरेको हो । बडिमालिका नगरपालिकाका नगरका प्रमुख पदम बडुवालद्वारा प्रशिक्षण तालिमको उद्दघाटन गरि सहभागी खेलाडीहरु लाई प्रशिक्षण अवस्थामा गम्भिरतापूर्वक प्रशिक्षणका लाभ लिन अनुरोध गरेका छन् ।
प्रशिक्षणमा एथले कटिस, भलिबल, क्रिकेट, कराते, योगाअभ्यास लगायत प्रारम्भिक इकाईका खेल अभ्यास प्रशिक्षण गराई सिकाउने आयोजकले बताएको छ । अभ्यासमा के–कसरी अभ्यास गर्ने प्रशिक्षकको निगरानीमा सहभागी खेलाडीहरु लाई पालो पालो अभ्यास लगायत बिबिध बिषयमा छलफल गरिने बताएको छ । प्रशिक्षणमा खेलका बारेमा संक्षेप जानकारी दिदै खेलमा प्रयोग गर्ने समाग्रीहरु द्वारा अभ्यास गरिने बताईएको छ । गुणस्तरिय शिक्षाका लागि शाररिक स्वास्थ्य, बिद्यालयतह देखी नै योगाअभ्यास र खेलकुदमा सहभागीता भन्ने मुल नाराका साथ २ दिने तालिमको आयोजना गरिएको बताइएको छ ।
बिद्यालय स्तरमा खेलकुदको दिगो विकासका र स्वास्थ्य समाजका निर्माणमा महत्वपूर्ण योगदान खेलकुदको रहने भएकोले मन्त्रालयबाट सो कार्यक्रमको आयोजना गरेको बताईएको छ । मालिका नमुना माद्यामीक बिद्यालयको अगुवा श्रोत केन्द्रमा संचालन गरिएको तालिमको उद्धघाटन बडिमालिका नगरपालिका प्रमुख पदम बडुवालले गरेका थिए । २ दिन सम्म संचालन हुने प्रशिक्षण तालिमको उद्धघाटन कार्यक्रमको मालिका माद्यामीक बिद्यालयका प्राचार्य शुभराज पाध्यायको अध्यक्षतामा संचालन गरिएको कार्यक्रमको प्रमुख अतिथि बडीमालिका नगरपालिका प्रमुख पदम बडुवाल रहेका थिए । त्यसै गरी अतिथिमा जिल्ला शिक्षा समन्वय अधिकारी गोपालदत्त जोशी बिभिन्न संचारमाध्याममा कार्यरत पत्रकारहरुको सहभागीता रहेको कार्यक्रमको संचालन मालिका माद्यामीक बिद्यालयका शिक्षक उत्तमराज जोशीले गरेका थिए । जिल्लाभरका ३९ ओटा माद्यामीक बिद्यालयका खेल प्रशिक्षक शिक्षकहरुको सहभागीता रहेको मालिका माबीका शिक्षक उत्तमराज जोशीले बताएका छन् । २ दिन सम्म सम्म स‌चालन गरिने तालिम शनीबार र आइतबार  २ दिनसम्म स‌चालन गरिने भएकाे आयाेजकले बताएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार