बिहिबार, असार १३, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • भौतिक संरचनाको अभावमा कोल्टी बिमानस्थल

भौतिक संरचनाको अभावमा कोल्टी बिमानस्थल

  • बिहिबार, भदौ १२, २०७६
भौतिक संरचनाको अभावमा कोल्टी बिमानस्थल
नागरिक उड्यान कार्यालय काेल्टी बाजुराकाे भवन । तस्वीर : लक्ष्मीराज पाध्याय

लक्ष्मीराज पाध्याय
बाजुरा १२ भदौ
जिल्लाको एक मात्र हवाई सेवा रहेको कोल्टी बिमानस्थलमा भौतीक संरचनाको अभाव रहेको छ । यातायातको पहुँचबाट टाढा रहेको बाजुराको कोल्टी बिमानस्थलमा लामो समयदेखी यो समस्या देखीदै आएको छ ।
बिमान स्थलमा एउटै भवन रहेको र टावरदेखी कार्यालयको काम यात्रुको प्रतिक्षालय सम्म एकै घरमा गर्नुपर्ने समस्या रहेको नागरिक उड्यान कार्यालय कोल्टीका बरिष्ठ अधिकृत सुर्य शर्माले वताए । प्रतिक्षालयमा आवत जावत सबै संगै भएकोले कार्यालयको काममा समेत समस्या हुने गरेको बरिष्ठ अधिकृत शर्माले बताए ।
२०५५ साल देखी संचालनमा आएको बिमानस्थल जिर्ण बन्दै गएपछी दिन प्रतिदिन समस्या हुदै गएको उनले बताए । भवन अभावका कारण टिकट काउन्टरहरु पनी बजारमा राख्नुपर्ने बाध्यता रहेको र टिकट काउन्टरमा बदमासी भएको गुनासो समेत आउने गरेको नागरिक उड्यान कार्यालय कोल्टीका प्रमुख श्रीकृष्ण रिजालले बताए । स्थानीयको गुनासोपछी सबै हवाईसेवाका काउन्टरलाई पनी यहीँ एउटै भवन भित्र संचालनमा ल्याएको उनले बताए । बिमानस्थलभित्र खानेपानी र चर्पीको समेत समस्या भएको उनले बताए ।
जिल्लामा नेपाल यएरलाइन्स, गोमा यएरलाइन्स, तारा यएरलाइन्स, सिता यएरलाइन्स र सुमीट यएरलाइन्सले नियमित सेवा दिने गरेको बताए । कुनै दिन सिता कुनै दिन गोमा गरि पालैपालो सेवा दिदै आएको नागरिक उड्यायन कार्यालयका प्रमुख रिजालले बताए । प्रत्यक हप्ताको सोमबार उडान भर्ने नेपाल यएरलाइन्स भने एक महिनादेखी नआएको उनले बताए ।
यसअघी भन्दा अहिले बिमानस्थल टावर भवनमा केही सुधार गरिए पनी जती हुनुपर्ने हो त्यती गर्न नसकिएको प्रमुख रिजालकाे भनाइ रहेकाे छ । आर्थिक अभावका कारण पुरानै घरमा सबै काम गरिदै आएको उनले बताए । द्धन्दकालमा तत्तकालीन माओवादीले भत्काएको पुरानै भवन मर्मत गरी संचालनमा ल्याइएको बताए ।२०५८ मा बन्द भएकाे बिमानस्थल २०६३ मा पुन स‌चालन गरिएकाे उनले बताए । भवनहरु पुरानाे र  जिर्ण भइसकेकाे हुँदा भुकम्प तथा प्राकृतीक बिपतमा ठुलो क्षेती हुनसक्ने प्रमुख रिजालले बताए ।
नियमीत उडान भईरहेको  कोल्टी बिमानस्थलमा यात्रु धेरै हुने भएकोले टिकट नपाउने समस्या भएको स्थानीयले बताउदै आएका छन । जिल्लाका लागि हवाइमैदान राम्रो भएकोले नियमित हवाई उडानमा समस्या नहुने अल्टरनेट हावाइमैदान भएकोले छिमेकी जिल्ला जुम्ला हुम्ला र मुगबाट पनी टेकअफ गर्न सकिने प्रमुखकाे भनाइ रहेकाे छ । जिल्लामा हावाहुरी र मौसम खराबी भएको दिनबाहेक सबै दिन उडान भईरहेको कार्यालय प्रमुखको भनाई रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार