बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • अस्पतालको शैयामा छट्पटाउदै बादुरे दमाईको उपचारका लागि पहल

अस्पतालको शैयामा छट्पटाउदै बादुरे दमाईको उपचारका लागि पहल

सुस्मा कोइराला मेमरी अस्पताल काठमाडाैमा उपचार हुने

  • बुधबार, साउन २२, २०७६
अस्पतालको शैयामा छट्पटाउदै बादुरे दमाईको उपचारका लागि पहल

बाजुरा, २२ साउन
बडिमालिका नगरपालिका ७ बस्ने ४४ बर्षिय बादुरे दमाईको उपचारका लागि पहल शुरु भएको छ । आर्थिक अभाबमा अस्पतालको शैयामा छट्पटाइरहेको समचार बडिमिालका खबर प्रकाशित पछि उनलाई उद्धार गरेर उपचारका लागि काठमाडौ पठाइएको छ ।
बादुरे आर्थिक अभाबमा उनि जिल्ला अस्पताल बाजुरामा ३ महिना देखी तड्पिरहेका थिए । समचार प्रकाशित भएपछि नेपाल स्वास्थ्य सेवा उपकरण विकास प्रतिष्ठानले काठमाडौ उपचार गर्ने गरि बाजुरा बाट बादुरेलाई मगाईएको संस्थाका अध्यक्ष सम्राट सिं बस्नेतले वताएका छन् । बस्नेतका अनुसार सुस्मा कोइराला मेमरीले बादुरेको उपचारका लागि पहल भएको वताएका छन् । काठमाडौ पुग्ने बितिकै उहाँको उपचार उक्क्त अस्पतालले गर्ने वताए ।
साथै बादुरेलाई आर्थिक संकलन भएको छ । काठमाडौ बाट फिल्म निर्माता तथा कलाकार अमृत ढुङगानाले १० हजार, जिल्ला अस्पताल बाजुरका प्रमुख डा. रुपचन्द्र बिश्बकर्मा बाट ५ हजार, राष्ट्रिय बाणिज्य बैक बाजुराका प्रबन्धक जितजङ्ग सिंहले ५ हजार सहयोग गर्नु भएको छ । त्यस्तै पत्रकार लक्ष्मिराज पाध्याय बाट २ हजार र जिल्ला अस्पताल बाजुरा बाट नर्सहरुले ४ हजार सहयोग गरेका छन् । बादुरे दमाई अलपत्र रहेको समचार प्रकाशित गरेपछि आफुले सहयोग गरेको राष्ट्रिय बाणिज्य बैक बाजुराका प्रबन्धक जितजङ्ग सिंहले बताएका छन् ।
दाँया खुट्टाको पैतलामा रहेको घाँउ सञ्चो हुन सकेको छैन् । जिल्ला अस्पताल बाजुरामा कार्यरत डा. दुर्गाराज मर्हजनका अनुसार उनको घाउमा मासु काटेर राख्नु पर्ने, तिन महिना सम्म उपचार गरयौ, तर उनको घाउ थिक नभएको वताए । बादुरेलाई जिल्ला अस्पताल बाजुराले पटक पटक अन्यत्र उपचारका लागि लग्नु भनेपनि आर्थिक अभाबले लिन नसकेको उनकि श्रीमति कलु दमाईले वताईन् । उनको बायाँ खुट्टा ५ बर्ष पहिला चोटका कारणले काटेका छन् । अपांग जिवन बिताइरहेका बादुरे दायाँ खुट्टामा पनि संक्रमण भएपछि उनी झन समस्या परेका छन् । बादुरे कि श्रीमति कलु दमाईले भनिन्, घर पनि अर्काको जग्गा छ, सम्पत्तिको नाममा एक आना जग्गा पनि नभएको वताईन् । पहिलो खुट्टाको बेला सबैलाइ गुहार गरेर उपचार गरे, अहिले भने उपचार गर्न नसक्ने वताईन् । माथिल्लो जातिका लुगा सिलाएर परिवार पाल्दै आएका बादुरे तिन महिना देखी थलिएपछि उनको परिवार झन संकटमा परेको छ ।
बादुरेको उपचारका लागि बडिमालिका नगरपालिकामा पहल गरेको भएपनि केही वास्ता नगरेको बादुरेले वताएका छन् । धेरै लाई उपचार सहयोगका लागि पहल गरेको भएपनि कसैले सहयोग नगरेको कलुले वताईन् । उनका परिवार गाँउमा माथिल्लो जातिको खलिया काम गर्दै आएका छन् ।

चर्चामा

सम्बन्धित समाचार