बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • बाजुरा बिशेष
  • अझै टुकी बाल्न बाध्य नगरबासी

अझै टुकी बाल्न बाध्य नगरबासी

  • आइतवार, असार १, २०७६
अझै टुकी बाल्न बाध्य नगरबासी

बडीमालिका खवर
बाजुरा १ असार
बडीमालिका नगरपालिका वडा न १ सल्लेना गाउँमा बिजुलीको पोल गाडिएको बर्षौ बितिसक्यो बिजुली बल्न सकिरहेको छैन । जडान भएको पोल जीर्ण बनेर ढल्ने अवस्थामा पुगेपनि नगरपालिका भित्रको एक पुरै बस्तीको घरमा अहिले सम्म बिजुली बल्न सकेको छैन । भन्दा पत्यार नलाग्न सक्छ तर सल्लेनाको पुरै बस्ती पहिले देखी झरो बालेर उज्यालो बाल्ने गरेका छन् ।
ठेकेदारहरुको चरम लापरबाहीका कारण सो गाउँ बिजुली बाल्न बाट बञ्चित भएको स्थानिय बताउछन । हाल त्रिबेणी बचत तथा रिण सहकारी संस्थाद्धारा संचालित रहेको बाजुरा साना जलबिद्युत केन्द्रको प्रशारण लाइनका लागी ७ बर्ष पहिले पोल गाडीएका भए पनी हालसम्म कुनै पहल हुन नसकेको स्थानीयले बताएका छन् ।
बाजुरा जिल्लाकै मुटुमा रहेको पुरानो नगरपालिका बडीमालिका नगरपालिकाको सल्लेनाका करिब १ सय ७ घरपरिवार अहिले पनि विद्युत बाट बन्चित रहेको छन् । पटक पटक बिद्युत पोल हाल्ने र तार लाईन तान्ने ठेक्का हुन्छ तर काम हुदैन ।

आईतबार गाउँका सबै मान्छे आएर जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाए । बिज्ञप्तीमा के भनीएको हेर्नुहोस ।


मुलुकमा संघियता प्रवेश गरेसंगै स्थानियतहका प्रत्येक पालिकाहरुलाई आ–आफनो ठाँउलाई नयाँ वनाउने भनिए पनि स्थनीय सरकार गठन भएको २ वर्ष बितिसक्दा  स्थानियवासीले त्यसको झलक समेत देख्न सकेको छैनन् । गाउँका मान्छे वडाअध्यक्ष भए अव हामीलाई केही राहत होला भन्ने सोचेर गाउँकै मान्छेलाइ जितायो तर वडाअध्यक्षको पनी ध्यान नगएको स्थानियले बताए ।
जहाँ एका तर्फ विश्व कम्प्युटर युगमा प्रवेस गरिसकेको छ, त्यहि नगरपालिकाकै एउटा बस्ती जो अहिले सम्म बिजुली भनेको के हो भनेर चिन्न बुढीगंगा खोलापारी राती झिलिमिली भएको देखेर थाहा पाउछन् । अहिले पनि विद्युत विहिन अन्धकारमा वस्न वाध्य रहेको छ बडीमालिका नगरपालिका वडा न १ सल्लेना गाउँ । यति मात्र होइन विद्युत नहुदा बिद्यार्थीहरुलाइ पठनपाठनमा समेत समस्या भएको बताउछन् स्थानिय कृष्ण बहादुर कार्की । कार्कीका अनुसार साना उद्योग र प्रविधिको पहुँचबाट वञ्चित हुनु परेको बताउछन् । विद्युत् बत्ती नबल्दै पोल ढल्ने थालेपछि गाउँमा बत्ती बल्ने आश समेत स्थानीयले मारिसकेको सोही वडाका गोपाल कार्कीले बताएका छन् ।
स्थानिय कार्कीले भने पोल ल्याउन ठेक्केदार,राजनीतिक दल र विद्युतका कर्मचारीको मिलोमतो हुने र काम नगरी ठेकेदार फरार हुने भएकोले काम नभएको बताएका छन् । दलका नेता र कर्मचारीकै स्वार्थका कारण पोल जडान भएको ७ वर्ष बित्तिसक्दा गाउँमा बिजुली आउन नसकेको बताए ।
बिजुली नहुँदा सास्ती खेप्ने कार्की एक्ला व्यक्ती होइनन् । बडीमालिका नगरपालिका वडा न १ का १सय ७ परिवार सर्बसाधारणले बर्षौदेखि यस्तै पीडा भोग्दै आएका छन् । तर ठेकेदार कम्पनीले ५ वर्षसम्म झुलाएपछि काम अघि बढ्न सकेको छैन् सोही गाउँका प्रकाश बहादुर कार्कीले बताए । बाजुुरा साना जलबिद्युत केन्द्र चलाई रहेको त्रिबेणी बचत तथा रिण सहकारी संस्थाले मर्मत सम्भार बाहेक अन्य ठेक्काका बारेमा आफुलाई जानकारी नहुने त्यसको सबै काम बिद्युत प्राधिकरण क्षेत्रीय कार्यालयको रहेको त्रिबेणी बचत तथा रिण सहकारी संस्थाका ब्यबस्थापक दयाराम पण्डितले बताए । एस अघी तिन ओटा ठेक्का सम्झौता भएर काम नै नगरेर ठेकेदार भागेका हुन् र यस बर्ष पनी अछामको कुवर कन्र्टक्सनले जिम्मा पाएको ब्यबस्थापक पण्डितले बताएका छन् ।
तर ठेकेदार कम्पनीले कुनै काम अघि नबढाएपछि त्यहाँका स्थानीयहरुले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र समेत दिएका छन् । ज्ञापन पत्र बुझाएपछी केही पहल हुन्छ की भन्ने आश भएको छ बडीमालिका नगरपालिका वडा १ का स्थानीय नरबहादुर कार्कीले बताए ।

चर्चामा

सम्बन्धित समाचार