शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • स्वास्थ्य संयोजकको लार्पवाहिले सुत्केरी भत्ता नपाएको गुनासाे

स्वास्थ्य संयोजकको लार्पवाहिले सुत्केरी भत्ता नपाएको गुनासाे

बडिमालिका खबर प्रभाब

  • बिहिबार, भदौ १२, २०७६
स्वास्थ्य संयोजकको लार्पवाहिले सुत्केरी भत्ता नपाएको गुनासाे

बुढिन्नदा नगरपालिकामा आर्थिक बर्ष ०७५।०७६ मा स्वास्थ्य संस्थामा गर्भचाँच र सुत्केरी गराए बाफतको रकम स्वाथ्य संयोजकका कारणले नपाएको पाईएको छ । बडिमालिका खबरले सुत्केरी भत्ता नपाएको खोज समचार बाहिर ल्याएपछि यो तथ्य फेला परेको हो ।
बडिमालिका खबरमा समचार प्रकाशित पछि बुढिन्नदा नगरपालिकाले तत्काल बैठक बोलाएर छानबिन शुरु गरेको छ । नगरपालिका निमित्त प्रशासकिय अधिकृत रामदत्त न्याउपानेले भने स्वास्थ्य संयोजक जशि लुवारको कमजोरीले सुत्केरी भत्ता नपाएको वताएका छन् । समचार बाहिर आएपछि बुधवार नै बैठक बसालेर स्वास्थ्य संयोजकको कमजोरी रहेको पाईएको हो ।
पहिलो पेश्कि रकम मंसिरमा दियौ, त्यसपछि फर्चौट गर्न नगरपालिकामा आएनन्, अर्को पैशा आबश्यक रहेको कुनै पनि जानकारी नदिएको नगरपालिकाले बताएको छ । असारमा सम्म पनि स्वास्थ्य संयोजकले केही वास्ता नगरेपछि सुत्केरी भत्ता नपाएको हो, अब वास्तबिक कति छन्, त्यो बुझेर सुत्केरी भत्ता दिने नगरपालिकाले वताएको छ ।
बुधवार नगरपालिकामा बसेको बैठकले स्वास्थ्य संयोजकको कमजोरी रहेको निष्र्कष निकालेको छ, त्यस्तै नगरपालिकालाई बास्तविकता तथ्याङक समेत नआएको निर्णय गरेको छ । नगरपालिकाले तिन दिन भित्र बास्तबिक सुत्केरी भत्ता पाँउन बाकि रहेकाको तथ्याङक ल्याउन पत्राचार समेत गरेको छ ।
संस्थामा सुत्केरी गराए बाफत बाजुरामा ३ हजार र नियमित गर्भजाँच बाफत ८ सय गरि एकजनाले ३ हजार ८ सय अनिवार्य पाँउने ब्यबस्था रहेको छ ।बुढिन्नदा नगरपालिकामा मात्र तिन वटा स्वास्थ्य संस्थामा सुत्केरी गराएकी १ सय ८८ जनाले सुत्केरी भत्ता नपाएको पाईएको छ । कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा १ सय ३६ जना, पाण्डुसेन स्वास्थ्य चौकिमा ३४ जना र बाधु स्वास्थ्य चौकिमा १८ जनाले प्रोत्साहन भत्ता पाएका छैनन् ।
नेपाल सरकारले स्वास्थ्य संस्थामा सुत्केरी गराउन र गर्भजाँच गराउन प्रेरित गराउनका लागि प्रोत्साहन भत्ताको अनिवार्य ब्यबस्था गरेको हो ।
बुढिन्नदा नगरपालिका स्वास्थ्य संयोजक जशिराम लुवार भने पैशा कम आएको भनेर दिन नसकेको बताउँछन् । जशिरामका अनुसार १३ लाख ५० हजार मात्र आएको बताएपनि तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बुझदा भने रकम त्यो भन्दा थप १५ लाख नगरपालिकामा आएको खुलाशा भएको छ । मन्त्रालयका योजना शाखा प्रमुख सुर्य खड्काले भने पहिलो पटक १३ लाख ५० हजार, दास्रो पटक ८ लाख ९० हजार र तेस्रो पटक जेठ १७ गते ८ लाख ९० हजार गरि २८ लाख ५० हजार बुढिन्नदा नगरपालिकालाई पठाएको वताएका छन् । नगरपालिकाले अझै कम भयो भनेर माग गरयो, भने हामी पठाउने थियौ, कुनै जानकारी नआएकाले त्यति रकम मात्र पठाएको वताए । सुत्केरीले पैशा नपाउनु बिडम्बना हो, यो सरासर नगरपालिका र स्वास्थ्य संयोजकको कमजोरी रहेको वताए ।
मन्त्रालय बाट २८ लाख ५० हजार पठाएको भएपनि स्वास्थ्य संयोजक र नगरपालिकाले १३ लाख ५० हजार मात्र आएको भनेर पैशा नदिएको बुझिएको छ । बुढिन्नदा नगरपालिका उपप्रमुख सृष्टि रेग्मि भने आफुहरुलाइ स्वास्थ्य संयोजकले पैशा नआएर नदिएको भनेर बताएको अरु कुनै जानकारी नभएको वताईन् । त्यस्तै नगरपालिका निमित्त प्रशासकिय अधिकृत रामदत्त न्याउपानेले भने आफुहरुलाइ पैशा अपुग मात्र रहेको जानकारी रहेको थप पैशा आए नआएको थाहा नभएको बताए । बास्तबिकता के हो, बुझेर मात्र बताउने वताए ।

चर्चामा

सम्बन्धित समाचार