बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • समाज
  • जड्याहालाई पक्रन खोज्दा गाउलेबाट प्रहरी कुटीए रिपोर्टिङमा गएका पत्रकार माथि हातपात

जड्याहालाई पक्रन खोज्दा गाउलेबाट प्रहरी कुटीए रिपोर्टिङमा गएका पत्रकार माथि हातपात

  • आइतवार, असार १५, २०७६
जड्याहालाई पक्रन खोज्दा गाउलेबाट प्रहरी कुटीए रिपोर्टिङमा गएका पत्रकार माथि हातपात

पदमबहादुर सिंह
बाजुरा १५ असार  । बाजुरा जिल्लाको उत्तरी क्षेत्रमा पर्ने बुढिनन्दा नगरपालिका १० पाण्डुसेन यरीयामा जड्याहालाई पक्रन गएको प्रहरी टोलीलाई गाउलेले घेराउ गरि हातपात समेत गरेको रिपोर्टिङ स्थलमा गएका पत्रकार प्रकाश सिंहले बताएको छन् ।
कोल्टिबाट गस्तिमा पोरखेसम्म गएको टोलीले पाण्डुसेनमा मधिरा खाएर हो हाल्ला गरिरहेको अवस्थामा पक्राउ गर्न खोज्दा प्रहरीलाई डेढ दुई घण्टा गाउलेले घेराउ गरे पछि थप कोल्टिबाट आएको टोलीलाई गोउलेले प्रहरी माथिनै हातपात गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएपी उद्धवसिं भाटले बताएका छन् ।
जड्याहालाई वडा नम्वर १०काे कार्यलय राखिएको र  कोल्टि लगीने डिएपी भाटले बताएका छन् । जड्याहा पक्राउ गर्न खोज्दा पुरै गाउका महिला पुरुष सबै आएर आक्रमण गरेको बताईएको छ ।
प्रहरी घेराउ भएको खबर पछि नेपाल पत्रकार महासघ बाजुरा शाखाका अध्यक्ष प्रकाश सिंह र सदस्य तथा एभिन्यूज टेलिभिजनका बाजुरा समाचार दाता लक्ष्मीराज पाध्यायलाई पनि गाउलेले कुटपीट गरेका छन् ।
प्रहरी माथि हातपात भएको रिपोर्टिङको लागी भिडियो र फोटो खिच्दा कीन खिचेको भन्दै धकलपकल गरेर कुपीट गरेको नेपाल पत्रकार महासघका सदस्य लक्ष्मीराज पाधयायले जानकारी दिएका छन् ।

चर्चामा

सम्बन्धित समाचार