आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • आकस्मिक प्रसुति सेवाको रकम फिर्ता

आकस्मिक प्रसुति सेवाको रकम फिर्ता

  • बिहिबार, साउन २, २०७६
आकस्मिक प्रसुति सेवाको रकम फिर्ता

प्रकाश सिंह
बाजुरा, २ साउन
कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा आकस्मिक प्रसुति सेवा स्थापनाका लागि रकम फिर्ता भएको छ । आर्थिक बर्ष ०७५।०७६ मा आकस्मिक प्रसुति सेवा स्थापना गरि सेवा सुचारु भइसक्ने भएपनि काम हुन नसकि रकम फिर्ता गएको परिवार स्वास्थ्य महासाखाले वताएको छ ।
आकस्मिक प्रसुति सेवा स्थापनाका लागि सामान खरिदको लागि १० लाख र स्वास्थ्यकर्मी ब्यबस्थापनका लागि २० लाख रुपैया बिनियोजन भएको थियो । सामान खरिद गर्ने काम भएपनि कर्मचारी नराख्दा २० लाख रकम फिर्ता भएको कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. गणेश चौधरीले वताएका छन् । कर्मचारी राख्नका लागि नगरपालिकामा रकम आएको थियो, नगरपालिकाले कर्मचारी ब्यबस्थापन गर्न नसक्दा रकम फिर्ता भएको स्वास्थ्य केन्द्रले वताएको छ । एकजना प्रसुति रोग बिशेषज्ञ तथा दक्ष आकस्मिक प्रसुति चिकित्सक, एक जना स्टाफ नर्स, एक जना एनेथिसिया र एकजना कार्यलय सहयोगिको ब्यबस्थापन गर्नु पर्ने रहेको थियो ।
सामान खरिद स्वास्थ्य कार्यलय बाजुरामा रकम आएको थियो, आबश्यक पर्ने सामान सबै खरिद गरिसकेको स्वास्थ्य कार्यलय बाजुराका प्रमुख अशोक सिंहले वताए । कर्मचारी ब्यबस्थापन नगरपालिकामै रहेको उनले वताए । बाजुराका पुर्वोउत्तरी क्षेत्रका ४ वटा स्थानिय तह, मुगुका २ वटा र हुम्लाका २ वटा स्थानिय तहलाई लक्षित गरि सरकारले कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा आकस्मिक प्रसुति सेवा स्थापना गर्ने लक्ष्य रहेको थियो । सेवा सञ्चालनमा नहुँदा त्यो क्षेत्रमा जटिल खाले सुत्केरीका लागि निकै सास्ति भोग्नु परेको स्थानिय गोरख सार्कीले वताएका छन् । सदरमुकाम मार्तडीमा सेवा लिन जानु पर्ने बाध्यता रहेको उनले थपे ।
कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा आकस्मिक प्रसुति सेवा स्थापनाका लागि करारमा कार्यरत डा. सत्य शाहिलाई उनलाई परिवार कल्याण महासाखाले आकस्मिक प्रसुति शल्यक्रिया तालिममा पठाएको थियो । उनले ७० दिनको तालिम सेति अञ्चल अस्पतालमा लिएका थिए । नगरपालिका र डा. शाहि बिच तलबमा कुरा नमिल्दा शाहिले काम नगरेको बुझिएको छ, अन्य चिकित्सक भने नपाईएको वताईएको छ ।
सरकारले गएको आर्थिक बर्षमा मात्र आकस्मिक सेवा सञ्चालनमा नआउदा जटिल सुत्केरीलाइ हवाई सेवा मार्फत २ जनालाइ उद्धार गरिएको थियो । भौगोलिक बिकटताले टाढा रहेको यो क्षेत्रमा सेवा सञ्चालनमा नआउदा निकै समस्या भएको स्थानियले वताएका छन् । बुढिन्नदा नगरपालिका उपप्रमुख सृष्टि रेग्मिले ब्यबस्थापन कमजोरी र तालमेल नमिल्दा रकम फिर्ता गएको बताएकि छन् । यो आर्थिक बर्षमा जसरी पनि सञ्चालनमा ल्याउने बताएकि छन् ।

चर्चामा

सम्बन्धित समाचार