शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • गौमुल गाउँपालिकाका बस्ति सार्न पहल गर्ने निर्णय

गौमुल गाउँपालिकाका बस्ति सार्न पहल गर्ने निर्णय

गौमुल गाउँपालिकाले पहिरोको जोखिमका रहेका बस्तिलार्ई सार्न पहल

  • शुक्रबार, साउन २४, २०७६
गौमुल गाउँपालिकाका बस्ति सार्न पहल गर्ने निर्णय

रमित वि.क.
बाजुरा,२४ साउन 
गौमुल गाउँपालिकाले पहिरोको जोखिमका रहेका बस्तिलार्ई सार्न पहलका लागि संघिय सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ । मानव बस्ती बस्न लायक नभएका र भूगर्भविद्हरुले नै बस्ती सार्न सिफारिस गरेका गाउँपालिका क्षेत्र भित्रका सबै बस्तीलाई सार्न संघीय सरकारलाई पहल गर्ने निर्णय गरिएको गाउँपालिकाका प्रवक्ता वीरेन्द्र रोकायाले बताएका छन् ।
गाउँपालिकाको केन्द्र घटमुनामा आज बसेको ३५ औं कार्यपालिका बैठकले उक्त निर्णय गरेको हो । गाउँपालिकाका दुई दर्जन बढी बस्तीहरु पहिरोको उच्च जोखिममा रहेका छन् । तत्कालका लागि जोखिममा रहेका गाउँपालिका १ को अन्द्राढी ६ को टुनी,बाम्नी, शान्ति टोल र गैरीबाडाका सबै बस्ती सार्न पहल गर्ने निर्णय गरिएको अध्यक्ष हरिबहादुर रोकायाले बताएका छन् ।


गौमुलमा गएको साता मात्र पहिरोकै कारण आमा छोरीको मृत्यु भएको थियो भने ५ जना घाइते भएका थिए । अहिले दर्जनौ परिवार पाल टाँगेर बस्ने गरेका छन् । कार्यपालिकाको बैठकले संघिय सरकारसँग पहिलो माग नै बस्ती सार्नका लागि हुने बताएको छ ।
उसोत एकीकृत बस्ती विकासको कार्यक्रम पनि नमुनाका लागि भनेर बाजुरामै सञ्चालन गर्ने भनिएको छ । तर त्यसको कार्यान्वनका लागि गतिविधी सञ्चालन भए नभएको जानकारी नै छैन् । बस्ती सार्नुको विकल्प नै नभएकोले बस्ती विकास कार्यक्रमबाट संवोधन गरिनु पर्ने माग गाउँपालिकाको रहेको छ ।
आजै बसेको कार्यपालिका बैठकले पहिरोका कारण ज्यान गुमाएका प्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । भने जोखिममा रहेका परिवारलाई संयमित र पूर्व तयारीका साथ बस्न आग्रह गरेको छ ।
यस्तै गाउँपालिकाले नियुक्त गरेका १० जना स्वयम सेवक शिक्षकलाई काठमाडौं स्थित रातो बंगलामा अभ्यास शिक्षण सिकाईका लागि पठाउने निर्णय गरिएको उपाध्यक्ष सिता थापाले बताएकी छन् ।

चर्चामा

सम्बन्धित समाचार