शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • विचित्र संसार
  • ४४ वर्षमा पनि किन अविवाहित छिन् एकता कपुर ? यस्ताे रहेछ कारण

४४ वर्षमा पनि किन अविवाहित छिन् एकता कपुर ? यस्ताे रहेछ कारण

  • शुक्रबार, जेष्ठ २४, २०७६
४४ वर्षमा पनि किन अविवाहित छिन् एकता कपुर ? यस्ताे रहेछ कारण

२४ जेठ, काठमाडाैँ । टिभी क्विनको रुपमा परिचित एकता कपुर आज अर्थात जुन ७ मा आफ्नो ४४ औं जन्मदिन मनाइरहेकी छिन् । ४४ वर्षिया एकता कपुर बलिउड नायक जितेन्द्रकी छोरी हुन् ।

एकताले एक अन्तरवार्तामा अहिलेसम्म विवाह नहुनुको कारण खुलाएकी छिन् । एकतालाई कहिले विवाह गर्ने भनेर साेधिएकाे प्रश्नकाे जवाफमा पिताको एक शर्तका कारण आफूले विवाह नगरेको बताएकी छिन् । एकताका अनुसार उनका पिताले विवाह गर्ने कि काम भनेर शर्त राखेका थिए । बुवाको शर्तपछि आफूले कामलाई छानेको बताइन् । विवाह गर्न नचाहने भएकाले आफूले काम छानेको उनले बताइन् । एकताले अर्को एक अन्तरवार्तामा भनेकी थिइन् ‘मेरा जुन साथीहरुको विवाह भएको थियो, उनीहरु अहिले सिंगल छन् । मैले पछिल्लो केही वर्षमा थुप्रै सम्बन्धविच्छेद देखेकी छु ।’ एकताले आफूले बच्चा चाहेको तर विवाह गर्न रुची नभएको पनि बताएकी थिइन् । एकता कपुर यसै वर्ष सरोगेसीमार्फत् आमा बनेकी छिन् । एकताले आफ्नो छोराको नाम रवि कपुर राखेकी छिन् ।

एकताले कसौटी जिन्दगीकी, कहानी घरघरकी, क्योंकी सास भी कभी बहु थी, नागिनजस्ता टेलिसिरियल बनाइसकेकी छिन् । एजेन्सी

चर्चामा

सम्बन्धित समाचार