बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • पुण्य कमाउन जग्गादान 

पुण्य कमाउन जग्गादान 

  • सोमवार, साउन २०, २०७६
पुण्य कमाउन जग्गादान 

संगीता तिमिल्सेना
बाजुरा : बुढीनन्दा नगरपालिका वडा नं ९ बस्ने गोर्खे रावतका छोरा बिर्ख रावतले गुम्बा निर्माणका लागि पुण्य कमाउन जग्गा दान गरेका छन् । साविकको बाँधु गाविस वडा नं ३ बस्ने रावत हाल जिल्लाको बुढीनन्दा नगरपालिका वडा नं ९ मा बसोबास गर्दै आएको नेपाल भोटे जनजातीका केन्द्रिय उपाअध्यक्ष ओमकार बोगटीले बताउनुभएको छ ।
जग्गदान गर्ने विर्ख रावत र श्रमिती अवकति रावतको नाममा रहेको कित्ता नं २ सय २० को १ हजार ४ सय ६ वर्ग मिटर अर्थात ४ लाख ९ हजार ५ सय बराबरको जग्गा दान गरेको बोगटीले बताउनुभएको छ । बुढीनन्दा नगरपालिका वडा नं ९ मा रहेको नेपाल भोट जनजातीको प्रसिद्ध धार्मिक स्थल गुम्बा जिर्ण र पुरानो अवस्थामा रहेको र सोको पनः निर्माणका लागि जग्गा दान गरिएको जग्गादाता विर्ख रावतले बताउनुभयो ।
भोटे जनजातीका केन्द्रिय उपाअध्यक्ष बोगटीका अनुसार सो ठाउँमा नँया गुम्बा निर्माण भैसकेको छ ।

चर्चामा

सम्बन्धित समाचार