सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • समाज
  • ‘दाईजो नल्याएको भन्दै श्रीमानले यसरी कुटपिट गर्दा मेरो गर्भ तुहियो’ !

‘दाईजो नल्याएको भन्दै श्रीमानले यसरी कुटपिट गर्दा मेरो गर्भ तुहियो’ !

  • बुधबार, जेष्ठ १५, २०७६
‘दाईजो नल्याएको भन्दै श्रीमानले यसरी कुटपिट गर्दा मेरो गर्भ तुहियो’ !

 सर्लाही –  दाईजो नल्याएको भन्दै आफ्नै श्रीमानले कुटपिट गर्दा एक महिलाको गर्भ तुहिएको छ ।

दाईजोमा फर्निचर सामान र मोटरसाईकल नदिएको भन्दै सर्लाहीमा एक युवती आफ्नै श्रीमानको कुटपिटबाट घाईते भएकी छिन् । एक लाख रुपैयाँ दाईजो दिएर २०७५ फागुन २९ गते विवाह बन्धनमा बाधिएकी १८ वर्षिया बिनितादेवी यादव श्रीमानको कुटाईबाट घाईते भएकी हुन् । ठुलाठुला सपना बोकेर जन्मघर मलंगवा ७ मुसैली छोडी श्रीमानको घर मलंगवा नगरपालिका ५ भाडसर गएकी विनिता विवाह भएको दुई चार दिन नबित्दै दाईजोमा फर्निचर तथा मोटरसाइकल नदिएको भन्दै श्रीमानबाट मानसिक यातना सहन बाध्य भईन् । श्रीमान राजकुमार खिरहरीले दाईजोकै निहूमा कुटन सुरु गरेपछि बिनिताको सपना चकनाचुर भयो । गत शनिवार ४ गते श्रीमानको कुटपिटबाट विनिता गम्भीर घाईते भएकी छिन् । उनको मुख तथा आँखा र शरीर विभिन्न भागमा चोट लागेको छ । श्रीमानकै कुटपिटका कारण डेढ महिनाको गर्भ समेत खेर गएको विनिताको भनाई छ । पिडित विनिताका अनुसार उनको श्रीमानको दिदिको विहे ३ वर्ष अघि उनको दाईसँग भएको थियो । विवाह पश्चात आफ्नो घर आउने जाने गरेका राजकुमारले मलाई ललाई फकाई प्रेम जालमा पारे । उसले मलाई तिन पटक घरबाट भगाएर अन्तै समेत राख्यो । त्यही क्रममा बिहे हुनुभन्दा पहिला नै म गर्भवति भए । अव विहे गर्नुपर्छ भन्दा भन्दै जबरजस्ती मेरो गर्भमा रहेको बच्चाको गर्भपतन गरायो । गर्भपतन गराएपछि श्रीमान विदेश जाने कुरा भयो ।

हाम्रो विहे अघि ऊ विदेश थियो । उसैले विदेशबाट पठाएको स्क्रिनटच मोबाईलमा हाम्रो सधैं कुराकानी हुन्थ्यो । विदेश गएको एक वर्ष नबित्दै ऊ घर आयो । ऊ आएर पछि पनि हामीले धेरै समय घर वाहिर नै वितायौं । त्यसपश्चात उसको बुवासँग हाम्रो विवाहको प्रस्ताव राखियो । तर वुवाले टन्नै दाईजो मागे पनि समाजिक रुपमा मेरो वुवा आमाले एक लाख दाईजो दिएर फागुनमा विवाह गरि दिनुभयो ।

“विवाह पश्चात म श्रीमानको लागि बोझ बन्दै गएँ । जति वेला हामी प्रेम सम्बन्धमा थियौं, त्यति वेला म भन्दा अरु कोहि प्यारो नलाग्ने अहिले भाउजुसँग प्रेम सम्वन्धको विरोध गर्दा मेरो श्रीमानले मलाई मरनासन्न हुने गरी कुटदा बच्चा पनि खेर गयो ।” – डाको छोडेर रुदै बिनिताले भनिन् ।

तलाई रखौटी बनाएर राख्छु, तँ भन्दा पनि राम्री केटीसँग विहे गर्छु । तँ नामको मात्र श्रीमति हुन्छेस भन्दै मलाई कुटे, विनिताले भनिन् । श्रीमानले मरनासन्न हुने गरी कुटे पनि पटक पटक उपचार गराउन भन्दा घटना घटेको एक हप्ता पछि सदरमुकाम मलंगवामा उपचार गराउन गएँ । डाक्टरले बच्चा खेर गयो र एउटा आखाको नासाँ खराब भएको सुनाएपछि बिनित छत बिछत भईन ।श्रीमान सँग घरमा बुवाआमा सँग कुरा गराईदिनुस भन्दा कुरा नगराएपछि उपचारकै क्रममा लुकीछिपी अरुको मोबाइल माँगेर बुवाआमालाई फोन गरे । बुवा आमा आए पछि श्रीमान विरुद्ध प्रहरीमा उजुरी दिएको विनिताले बताईन । उजरी पश्चात गाउँका मान्छेहरु आएर शनिवार जवरजस्ती मिलापत्र गराएको विनिताको भनाई छ ।आफु यस्तो मान्छे सँग नबस्ने भन्दा भन्दै पनि जबरदस्ती मिलापत्र सबैले गराएको पिडितले गुणासो गरिन ।

बिनिताका श्रीमान २२ वर्षिय राजुकुमार खिरहरीसँग घटनाको बारेमा बुझदा श्रीमतिले अरु केटासँग मोबाईलमा कुराकानी गरेकोले आफुले कुटेको बताए । तर बिनिताले आफु प्रेम सम्वन्धमा हुदाँ श्रीमानले नै एनड्रोइड मोबाइल दिएको तर विहे पश्चात समान्य मोबाइल सम्म नदिएको बताईन ।माईतीले बुवा आमासँग कुरा गर्न बुवाले मोबाईल किनेर दिएको मोबाइल पनि श्रीमानले खोसेर फुटाई दिएको विनिताले बताईन् । घटना समाजिक रुपमा मिलि सकेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएका छ । तर पिडित युवतिले फेरी आए उनको श्रीमान विरुद्ध मुद्धा दर्ता गरी कार्वाही प्रक्रिया अघि बढाईन जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरिक्षक प्रतित सिंह राठोरले जानकारी दिए । तराईको अधिकांश जिल्लामा यस्तो समस्या विद्यमान छ । मधेशमा एउटा विवाह पश्चात छोरीको अर्को विवाह गरे लाज हुन्छ भनेर अभिभावकहरु तथा समाजहरुको बुझाईले फेरी यातना दिएकै भरमा ससुराली पठाउदा छोरी जातिले पटक पटकको यातना नसहेर आत्महत्या गरी वहुमुल्य जिवन त्यागेको दर्जौनौ उदाहरणहरु छन । दैनिकी अस्पताल धाउने हो भने प्रत्येक दिन एउटा आत्महत्याको केश फेला पार्न सकिन्छ । तर घटनाको दोषिहरु कानुनी कार्वाहीबाट उम्किरहेको नागरिक समाजहरुको भनाई छ । यस्तो घटनाहरुमा समाजिक रुपमा मिलापत्र गर्ने प्रयास भएपनि कानुनी रुपको ठोस उपचार तिर राज्यको ध्यान जाने हो भने यस्तो घटना गराउने ब्यक्तिहरु घटना गर्न पनि पटक पटक सोच्नु पर्छ ।

वनखवरको सहयोगमा

चर्चामा

सम्बन्धित समाचार