• होमपेज
  • समाचार
  • खानेपानीले फेरियो गाउँको नाम, झगडा गाउँ बन्यो झलकपुर

खानेपानीले फेरियो गाउँको नाम, झगडा गाउँ बन्यो झलकपुर

  • बुधबार, साउन १, २०७६
खानेपानीले फेरियो गाउँको नाम, झगडा गाउँ बन्यो झलकपुर

नौ महिना अघि बुंगल नगरपालिकाले नगरभित्रको एक गाउँमा खानेपानी पु-याएपछि त्यहाँका स्थानीयले गाउँको नाम नै फेरेका छन् । नगरपालिकाको ग्रामिण जलस्रोत व्यवस्थापन परियोजनाले सोलार लिफ्टिङ प्रविधि प्रयोग गरी गाउँभन्दा आधा किलोमिटर तलको पहराको फेदमा रहेको मुहानबाट पानी पु-याएको हो ।

गाउँमा पानी पुगेपछि स्थानीयले लामो समयपछि ढुक्कले निदाउन पाएको बताएका छन् । स्थानीय एक महिलाले भनिन बिहे गरेर आएको ३० वर्ष भयो एकदिन ढुक्कले निदाउन पाएको थिएन तर नौ महिना भएको छ ढुक्कले निदाउन पाएको छु ।

हो ठिक नौ महिना नै भयो यो गाउँमा खानेपानी पुगेको । डाँडाको टुप्पोमा रहेको यो गाउँ खानेपानी नजिक नहुँदा आधाघण्टा हिंडेर तल झर्नुपर्ने बाध्यता थियो । खानेपानीको मुहानमा पानी नहुँदा गाउँलेबीच दिनहुँ झगडा हुन्थ्यो । त्यसैले यो गाउँको नाउँ नै भगडा गाउँ राखिएको थियो । यो गाउँको वास्तविक नाम ‘झाँकडा’ हो तर पानीकै कारण दिनुहँ झगडा हुन थालेपछि सबैले ‘झगडा’ गाउँ भन्न थाले । तर अहिले घरघरमा चौविसै भण्टा धारामा पानी आएपछि पुस्तौंदेखि हुने गरेको झगडा पनि अन्त्य भएको छ ।

स्थानीयले गाउँमा झगडा हुन छाडेपछि गाउँको नाउँ पनि फेरिदिएका छन् । यो गाउँको नाम अहिले ‘झलकपुर’ बनेको छ । गाउँको नाम नै परिवर्तन हुनेगरी निर्माण गरिएको खानेपानी आयोजनाका लागि नगरपालिकाले ४२ लाख रुपैयाँ खर्च गरेको छ ।

बुंगल नगरपालिकाले सुरुमा गाउँनै सार्ने योजना बनाएको थियो । तर सोलारको प्रयोगबाट लिफ्टिङ प्रविधिबाट पानी तानेर खुवाउन सफल भएपछि अहिले गाउँको मुहार नै फेरिएको छ । नगरपालिकाका अन्य क्षेत्रमा पनि खानेपानीको निकै दुःख रहेको र यस्तै लिफ्टिङ प्रविधिमार्फत पानी पु¥याएर खुवाउने योजनामा नगरपालिकाले बनाएको जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार