शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • धर्म संस्कृतिलाइ जोगाउन एक भएर लाग्नुपर्ने : मन्त्री शाह

धर्म संस्कृतिलाइ जोगाउन एक भएर लाग्नुपर्ने : मन्त्री शाह

  • बुधबार, फाल्गुन १५, २०७५
धर्म संस्कृतिलाइ  जोगाउन एक भएर लाग्नुपर्ने : मन्त्री शाह

प्रेम रौले
मार्तडी १५,फागुन
मानवता जोगाउन र संस्कारको थालनी गर्न हिन्दुधर्मको उत्पत्ति भएकाले हिन्दुको ग्रन्थ वेद र पुराणको बारेमा प्रचारप्रसार हुन नसकेको सुुदुरपश्चिम प्रदेशका आन्तरिक मामिला मन्त्री प्रकाश शाहले बताएका छन् ।
उनले भने –“बुद्ध धर्मले ज्ञान दियो, इसाई धर्मले इमान दियो र इस्लाम धर्मले प्रेम दिएको छ ।” आन्तरिक मामिला मन्त्री शाहले सबै धर्म मानवता, न्याय सामाजिक सद्भाव विश्व भाइचारका लागि धर्महरुको उत्पत्ती भएको जिकिर गरेका छन्, मन्त्रि शाहले आटिचौरमा सञ्चालन भएको भागवत महायज्ञमा यस्तो जनाएका हुन् ।
उहाँले अन्य जातीको धर्म भन्दा हिन्दु मान्य जातीहरुले बेदको वास्तविकता आफ्ना सन्तानलाई बुझाउन नसक्नु कमजोरी भएको हो । अन्य हिन्दु धर्म बाहेक फरक धर्म मान्ने मान्छेले बाइवल,बौद्ध लगायत कितावहरुको बारेमा सिकाउने गरेकाले उनीहरुको धर्मले बढी प्राथमिकता पाउने गरेको मन्त्री शाहको भनाई रहेको छ ।
बडालेख दशरथ शैक्षिक तथा धार्मिक महोत्सव एवं श्रीमद भागवत ज्ञान महायज्ञ मन्त्री शाहले धर्मलाई मान्छले पशु सरह व्यवहार गर्न नहुनेमा जोड दिएका छन् । “न्याय अनुशासन प्रेम नभएकाहरु पृथ्वीलाई भार हुने गरेका छन् ।” समाजको मुल्य मान्यतालाई आत्मसाथ गर्दै सबैले लाग्न सबैलाई आग्रह गरेका छन् ।
“धर्मको बेद ग्रन्थ समाज विभाजित हुदै गएको छ । हिन्दु धर्मलाई सबैको पहुँचमा ल्याउन सकेको छैन । महान ईतिहास र गौरवबाट भएर पनि पछाडी परिरहेका छौ,यसबाट सबैले मुक्त हुनुपर्छ, मन्त्री शाहले भने ।”
खप्तड छेडेदह गाउँपालिका ६ र ७ मा मंगलबार देखि बडालेख दशरथ शैक्षिक तथा धार्मिक महोत्सव एवं श्रीमद भागवत ज्ञान महायज्ञ सुरु भएको छ । उक्त आयोजित कार्यक्रममा हिन्दु धर्मको संस्कृति जोगाउन सबै हिन्दुधर्मालम्वीहरुले लाग्नुपर्नेमा सहभागीहरुले जोड दिएका छन् ।

बडालेख दशरथ शैक्षिक तथा धार्मिक महोत्सव एवं श्रीमद भागवत ज्ञान महायज्ञ तत्कालिन संविधान सभा सदस्य महा नेपालीले धर्मका नाममा विकृति र संस्कतिलाई सक्ने गरी काम गर्न नहुने बताएका छन् ।
महायज्ञमा गरेपनि संस्कृतिलाई विभाजन गरी छुवाछुत विभेद गर्ने कार्य गर्न नहुनेमा जोड दिए । उनले पुण्य कार्यका लागि विभिन्न महायज्ञ लगाउने तर विभेद हुने गरेको पाइएकाले यसको अन्त्य गर्न जरुरी सदस्य नेपालीको भनाई रहेको छ ।
यस्तै तत्कालिन संविधान सभा सदस्य पेम्वा गुरुङ्ग भोटेले धर्म सबैका साझा भएकोले सबै धर्मको उत्तिकै महत्व हुने गरेको बताए । उनले. कुनै पनि धर्मले विकृति र विसंगति फैलाउने कार्य गर्न छुट नदिएको बताएका छन् । मान्छेले सभ्य र संयमित भए मात्र देश निर्माण धर्मको रक्षा हुनेमा आफु विश्स्त रहेको गुरुङ्ग भोटेको. भनाई रहेको छ ।
यस्तै जिल्ला समन्वय समितिका प्रमुख नरेन्द्र कुमार रोकायाले महायज्ञ विद्यालयले लगाएको महायज्ञ विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न र खेल मैदान निर्माणका लागि गरिएकोे कार्यको थालनीको प्रशसा समेत गरेका थिए । प्राविधिक शिक्षा संचालनका लागि लगाइएको महायज्ञले सफलता पाउने समन्वय प्रमुख रोकायाले बताए ।
पचास लाख दिने घोषणा
सुदुरपश्चिम प्रदेशका आन्तरिक मामिला मन्त्री प्रकाश शाहले बडालेख दशरथ शैक्षिक तथा धार्मिक महोत्सव एवं श्रीमद भागवत ज्ञान महायज्ञमा विद्यालयको खेल मैदान निर्माणका लागि ५० लाख रकम दिने घोषणा गरेका छन् ।
बडालेख दशरथ शैक्षिक तथा धार्मिक महोत्सव एवं श्रमद भागवत ज्ञान महायज्ञलाई सम्बोधन बाजुरा पुग्नु भएका शाहले खेल क्षेत्रको विकास र प्रवद्र्धन गर्नका लागि उक्त रकम घोषणा गरेका हुन् ।
उनले सुदुरपश्चिम प्रदेश सरकारले बाजुरालाई न्याय दिनका लागि विकास निर्माण र अन्य क्षेत्रमा बजेट सबै भन्दा बढी विनियोजन गर्दै आएको दाबी गरेका छन् ।
१५ सय कलश यात्रा
बडालेख दशरथ शैक्षिक तथा धार्मिक महोत्सव एवं श्रमद भागवत ज्ञान महायज्ञमा १५ सय बढी कलश यात्रा गरिएको छ । मंगलबार आयोजित उक्त महायज्ञमा स्थानीय महिलाहरुले कलश यात्रा गरेका हुन् । विद्यालयको खेल मैदान निर्माण र विद्यालयमा प्राविधिक शिक्षा संचालन गर्नका लागि सबै एक जुट भएका पाइएको छ ।
प्रति घरबाट एक÷एक कलश लिने र गरी मंगलबार विहान देखि नै कलश यात्रा थानली गरिएको आयोजकले जनाएको छ । महाशिवरात्रीको अवसरपारी दशरथ माध्यमिक विद्यालयले महायज्ञको आयोजना गरेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष दिर्घमती ओलीले जानकारी दिएकी छन् ।
उनले दिएको जानकारी अनुसार महायज्ञ फागुन २१ गते.सम्म संचालन हुने भएको छ । महायज्ञमा प्रवचन समेत गरिने भएको छ । महायज्ञमा विभिन्न मनोरञ्जनका लागि शिशिर बाधक समेत ल्याइएको बताइएको छ । यहाँको पर्यटकिय क्षेत्रको प्रवद्र्धन गर्नका लागि महायज्ञको आयोजना समेत गरिएको बताइएको छ ।

चर्चामा

सम्बन्धित समाचार