शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • देश/प्रदेश
  • बझाङको चैनपुरवाट अवैध चरेस सहित एक जना प्रहरीले पक्राउ

बझाङको चैनपुरवाट अवैध चरेस सहित एक जना प्रहरीले पक्राउ

  • सोमवार, फाल्गुन १३, २०७५
बझाङको चैनपुरवाट अवैध चरेस सहित एक जना प्रहरीले पक्राउ

बझाङको सदरमुुकाम चैनपुरवाट अवैध चरेस सहित एक जना प्रहरीले पक्राउ गरेका छन। प्रहरीको बिशेश सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटि गएको प्रहरी निरीक्षक नैन बहादुर साउँद नेतृत्वको टोलीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा बझाङ सुर्मा गाउपालिका वडा नं.३ गैरीगाउँ घर भई जयपृथ्वी नगरपालिका वडा नं १० चैनपुर बजारको चौगाउँ टोलमा होटल संचालन गरी बस्ने ३३ वर्षिय जय बहादुर बि.क.ले आफ्नो होटलमा लागु औषध (चरेश) विक्री गरि रहेको अवस्थामा प्रहरी टोलीले २ सय ४५ ग्राम लागु औषध (चरेश) वरामद गरेको हो।
अवैध रुपमा चरेश बिक्री गर्ने जय बहादुर बि.क.लाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय बझाङमा ल्याई आवश्यक अनुसन्धान गरी कारवाही गरीने जिल्ला प्रहरी कार्यालय बझाङका डिएपी प्रबिन धितालले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार