मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • देश/प्रदेश
  • भगवानलाई पुकार गर्दै यात्रामा

भगवानलाई पुकार गर्दै यात्रामा

  • आइतवार, फाल्गुन १२, २०७५
भगवानलाई पुकार गर्दै यात्रामा

फागुन १२ । जयपृथ्वी राजमार्ग अन्र्तगत पर्ने खोड्पे बझाङ सडक खण्डका घुम्तीहरुमा दिनहुँ सवारी साधनहरु एक आपसमा जुध्ने गरेका छन् । सांघुरा घुम्तीहरुमा अनियन्त्रीत गतिका सवारी साधनहरु गुड्ने क्रम बढेकाले यो राजमार्गको यात्रा जोखिम पुर्ण बन्दै गएको चालक तथा यात्रुको गुनासो छ ।

‘गन्तव्यमा नपुगुन्जेल सम्म मुटु ढुकढुक भैरहन्छ’ एक यात्रु लक्ष्मी खड्काले भनिन्–‘हरेक जसो मोडमा गाडी ठोक्कीन खोज्छ ।’ गएको विहीबार बझाङ बाट धनगढी जानेक्रममा उनले यात्रा अबधी भर ३ ठांउमा गाडी जुध्न खोजेको र चालकले एक्कासी ब्रेक लगाउँदा बसभित्र भएका केही मानिसहरु सिटमा ठोक्कीएर घाइते भएको बताइन् । सदरमुकाम चैनपुर बाट कैलाली जाने क्रममा आफु ठुलो दुर्घटना बाट बचेको नरेन्द्रबहादुर बोहराले बताए ।

साघुरो सडकका कारण देबल नजीकै जीप र बस आपसमा ठोक्किँदा ठुलो दुर्घटना हुन बाट बचियो । ३ जना सामान्य घाइते भएको उनले बताए । यस्तै गएको सोमबार विहान मात्र यही सडक खण्डको बागथला भन्ने ठांउमा दुइवटा बस जुध्दा गाडीमा सामान्य क्षती भएको थियो भने आइतवार दिउंसो देउलेकको डुग्रीभन्ने घुम्तीमा बस र जिप जुध्दा १२ जना घाइते भएका थिए ।

‘दिनकै तिन चार ठांउमा गाडीहरु नजुधेको त कुनै दिन खाली हुदैन,’ एकजना बस चालक करनबहदुर सांउदले भने ‘आफुले जति नै होसपुर्वक चलाए पनि अर्काे तिरबाट बत्तिएर आइरहेका हुन्छन् । सडक सांघुरो छ।’

घुम्तीहरुमा हर्न नवजाएर गाडी हांक्ने गरेका कारण पनि दैनिक जसो बर्षको साउन महिनामा खोड्पे बझाङ सडकको बैतडीको सिद्धेश्वरमा पर्ने ज्याफुलेकमा धनगढीबाट बझाङ आइरहेको बस दुर्घटना भयो । सा“घुरो घुम्तीमा अर्काे गाडीलाई उछिन्न खोज्दा भएको त्यस दुर्घटनामा ३ जनाले ज्यान गुमाए । २७ जना भन्दा बढी घाइते भए । यस राजमार्गमा विभिन्न समयमा भएका बस दुर्घटनामा मात्र ३० जनाले ज्यान गुमाइ सकेका छन् । सबै दुर्घटनामा ज्यान गुमाउनेको संख्या ५० भन्दा बढी छ ।

प्राविधिक दृष्टीकोणले साना सवारी साधन मात्र संचालन गर्न मिल्ने गरी बनाईएको राजमार्गमा चौडा सडकहरुमा चल्ने खालका ठुला सवारी साधनहरु संचालन गर्दा यस्ता खालका दुर्घटनाको जोखिम बढ्दै गएको छ ।

साँघुरा सडमा ठूल्ठूला सवारीकासाधन संचालन
सडकको स्तर नहेरी यात्रुहरुलाई सुविधा दिने नाममा डिलक्स, मेट्रो आदी नाम दिएर बढी सिट क्षमता र लम्बाइ भएका गाडीहरु संचालन हु“दा दुर्घटनाको जोखिम बढ्ेको र भगवान भरोसामा गाडी हाक्नु परेको स्वंय गाडी चालकहरु बताउछन् ।

‘कुनै कुनै घुम्तीमा त हंसले ठा“उ छोड्छ’ एक जना बस चालक महेश कुमार विष्टले भने ‘गन्तव्यमा सुरक्षित पुगिन्छ भनेर ढुक्क हुने अवस्था छैन । सडक नै त्यस्तै छ । जे भए पनि गाडी त चलाउनै पर्यो’ उकालो ओरालो धेरै भएको र सा“घुरो सडकमा ठुला गाडीलाई जतिवेला पनि जोखिम रहेको उनले बताए ।

सडक साँघुरो भएकोले ठुला गाडीहरुलाई साना गाडीको भन्दा बढी समस्या हुने गरेको अर्का चालक भुवनराज भट्टको भनाइ छ । ‘ठिक्क गाडी मात्र अटाउने खालको चौडाइ भएको सडक छ’ उनले भने ‘गाडी धेरैलामो भएका कारण कतिपय ठा“उमा मोड्नलाई ठा“उ पुग्दैन । गाडीको बडीले सडकको भित्ता छुने वा पछाडीको पाङग्राले सडक छोड्ने खतरा हुन्छ । अत्यन्तै होसियार भएन भने यो रोडमा गाडी हा“क्नै मुश्किल छ’ साघुरो ठा“उमा दुइवटा गाडी भेट हुदा“ आधा किलोमिटर सम्म पछाडी फर्काएर (व्याक गरेर) अर्काेलाई साइड दिनु पर्ने र लामो गाडीलाई घुमाउरो बाटोमा व्याक गर्दा बढी जोखिम हुने गरेको उनले बताए ।

३ मिटर ५० सेन्टीमिटर चौडाइको सिंगललेन सडकमा धेरै सिट क्षमता भएका चौडा र लामा गाडी चलाउनु अत्यन्त जोखिम पुर्णकाम भएको चालकहरु बताउँछन । खोड्पे बझाङ सडकको कडा चट्टान भएको धेरै जसो स्थानमा सडकको चौडाइ ३ मिटर मात्र भएकोले यस्तोमा ठुला गाडीलाई बढी जोखिम रहेको उनिहरुको भनाई छ । सडक ज्यादै सांघुरो भएका कारण पनि गाडी बढी ठोकिने गरेकोले चौडा गर्नुको विकल्प नरहेको यातायात व्यवसायीहरु बताउँछन् ।

दैनिक जसो गाडी जुध्ने भए पनि ट्राफिक प्रहरीको जानकारीमा भने सिमित घटनाहरु मात्र आउने गरेका छन । ‘ठुलै घटना भैहाल्यो वा उनिहरुको आपसी समझदारी भएन भने मात्र हामीलाई जानकारी गराउछन’ ट्राफिक प्रहरी पोष्ट बझाङका इन्चार्ज अशोक खड्काले भने ‘नभए आफै जुध्छन् । आपसी समझदारीमा कुरा मिलाउँछन् ।

सामान्य घटनाहरुमा प्रहरीलाई जानकारी नै हँुदैन ।’ ट्राफिक प्रहरीले पहाडी बाटोमा गाडी चलाउदा अपनाउनु पर्ने सावधानीको बारेमा चालकहरुलाई पटक पटक जानकारी गराएको भएपनि चालकले नियमको वेवास्ता गर्ने गरेका कारण दैनिक जसो दुर्घटनाका संख्यामा वृद्धि हुँदै गएको उनले बताए ।

सुदुरखबर अनलाइनबाट

चर्चामा

सम्बन्धित समाचार