शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • देश/प्रदेश
  • ३० बर्षसम्म नबनेको सडकले ३० महिने लक्ष पायो

३० बर्षसम्म नबनेको सडकले ३० महिने लक्ष पायो

  • आइतवार, फाल्गुन १२, २०७५
३० बर्षसम्म नबनेको सडकले ३० महिने लक्ष पायो

२०४४ सालबाट सुरु भएको शहजपुर–बोगटान सडकलाई पटक पटक नेताहरुले उद्घाटन गरेपनि जनताले कालोपत्रे सडक पाएका थिएनन् । जब गत ७ गते सेनाको हेलिकोप्टर चढेर प्रधानमन्त्री संगै भोतिक पुर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठपनि पुगे र कालोपत्रे सडकको सिलान्यास गरे । ठुलो तामझामका साथ कालोपत्रे सडकको सिलान्यास हुँदा स्थानियमा केही आशा पलाएको छ । प्रधानमन्त्री आफैले आएर सडकको सिलान्यास गरेका छन्, अब भने पक्कै पिच सडक बन्नेमा स्थानियबासीमा आशा पलाएको छ ।

तत्कालिन समयमा कैलालीका दुई र डोटीका १७ गाविसका लागि ट्रयाक खोलिएको थियो । त्यसै बेला देखिको साँघुरो कच्चि सडक कालोपत्रेका लागी पटक पटक शिलान्याश भएपनि हालसम्म पनि कालोपत्रे हुन सकेको थिएन । गत मंगलबार प्रधामन्त्री केपी शर्मा ओलीले सडक कालोपत्रेको शिलान्यास गरेपछि स्थानीय वासिन्दामा अव सडक वन्छकी भन्ने आशा पलाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन ७ गते डोटीको सहजपुर–बोगटान –दिपायल सडकको सिलन्यास गरे । त्यो सडकको सिलन्यास गर्ने उनि दोश्रो ब्यक्ति हुन । यस अघी २०४४ सालमा तत्कालिन जिल्ला पञ्चायत सभापती भरतबहादुर खड्काले गरेका थिए । हाल उनि प्रदेशसभा सदस्य छन् ।
जहिलेनी चुनाबी नेताको एजेण्डा सडक बन्योपञ्चायत कालमा चुनाव लड्ने नेताहरुले यो सडकको मुद्धालाई उठाउने गर्दथे । प्रजातन्त्र पछिको पहिलो निर्वाचनमा चुनाव लड्ने नेताले पनि यही सडकलाई चुनावको मुद्धा बनाए । सडकको पहुँचबाट निकै टाढा दछिण डोटीका बासिन्दाले सडक बन्ने आशामा भोट हाले तर सडक निर्माणको कार्य अहिले सम्म पुरा भएको छैन । २६ बर्ष पछि हुन लागेको प्रदेश र प्रतिनिधी निर्वाचनमा उठेका नेताहरुले अहिले पनि त्यही मुद्धालाई चुनावी नारा बनाएका थिए ।

२०४८ सालमा संसदिय चुनाव लड्दा तत्कालिन नेपाली कांग्रेसका सांसद सिद्धराज ओझाले सहजपुर बोगटान दिपायल सडक निर्माणलाई नै मुख्य नारा बनाएका थिए । सांसद ओझाले यही सडकको नाराले देशमै सबै भन्दा बढी मतान्तरले चुनाव जितेका पनि थिए । बोगटानीलाई दिएको आश्वासन (सहजपुर बोगटान दिपायल सडक निर्माण) प्राथमिकतामा नपारेको भन्दै २०४९ सालमा सांसद पदबाट राजीनामा नै लेख्नु परेको थियो । यो सडक प्राथमिकतामा पारेपछि उनको राजीनामा फिर्ता भयो र निर्माणको काम पनि अगाडी बढ्यो । त्यसपछि २०५१ सालमा पनि सहजपुर–बोगटान –दिपायल सडक निर्माण कार्य थालेको भन्दै सिद्धराज ओझाले भोट मागे र निर्वाचन जिते पनि । २०५६ सालको संसदिय निर्वाचान सम्म यो सडकको १८ किलोमिटर ट्रयाक खुली सकेको थियो । छुट्टै परियोजना कार्यालय डोटीको बिपीनगरमा खोलेर काम थालेको जस लिदै पुन ओझाले यसै ठाउँबाट तेश्रो पटक पनि निर्वाचन जिते । यसै सडकको आशामा जनताले जिताएका ओझा ३ पटक मन्त्री पनि भए । ओझाको जिवन कालमा १८ किलोमिटर सडक मात्रै बन्यो । अहिले नेता ओझाको निधन भैसकेको छ ।
२०४२ सालमा नै यो सडकको निर्माण कार्य सुरु भैसकेको थियो । सहजपुर–बोगटान –दिपायल सडकले सधै चुनावको समयमा मात्रै चर्चा पाउने गर्दछ । क्षेत्रमा सडक बाटो नबन्दा स्थानीयले दुःख पाएकै छन । बाटो बनाउने आश्वासन जस्ले दियो उसैलाई भोट हाल्दछन् । यो यहाँका मतदाताको बाध्यता हो ।

संविधान सभाको पहिलो निर्वाचनमा चुनाव जित्ने तत्कालीन माओवादीका सभाषद खेम बमले अवरुद्ध सहजपुर–बोगटान –दिपायल सडक निर्माणलाई मुख्य नारा बनाएर भोट मागेका थिए । माओवादी द्धान्दको बेला देखि निर्माणको कार्य अबरुद्ध भएको थियो माओवादीकै उम्मेदबारलाई स्थानीयले आशा गरि भोट हाले तर उपलब्धी भएन । त्यसपछि सहजपुर–बोगटान –दिपायल सडक निर्माण आफुले बनाउने भन्दै भोट मागेका नेकपा एमालेका उम्मेदबार प्रेम बहादुर आलेमगर लाई बोगटानीले भोट हालेर जिताए । उनको कार्यकालमा पनि खासै उपलब्धी देखिएन ।
यसरी सुरु भयो कालोपत्रेको कथा
२०७१ सालमा नेपाली कांग्रेसका तत्कालिन सभापती सुशिल कोईराला प्रधानमन्त्री भए । उनको पालामा २०७१ साल मंसिर ९ गते नेपाल र भारत सरकार बिच सम्झौता भयो । उक्त सम्झौतामा एक्जीम बैंक मार्फत ५५० हजार मिलियन डलर ऋण सहयोग आउने प्रतिवद्धतापत्रमा हस्ताक्षर समेत भयो । त्यो रकम नेपालको भौतिक पूर्वाधार विकासमा खर्च गर्नुपर्ने प्रतिवद्धता थियो । आर्थिक बर्ष २०७२÷०७३ मा तत्कालीन अर्थमन्त्री राम शरण महतको पालामा बोगटान सडक बहुबर्षिय योजनामा पारियो । त्यसपछि यसै क्षेत्रका नेता रमेश लेखक भौतीक पूर्वाधार तथा यातायात मन्त्री भए । उनको पालामा बोगटान सडक र धनगढी दिपायल फाष्ट ट्रयाकको परियोजना कार्यालय नै खोलेर काम थालियो । २०७४ साल असोजमा डोटी क्षेत्र नं १ बाट २०७१ मा निर्वा्चित तत्कालिन नेपाली कांग्रेसका सभासद बिरबहादुर बलायर भौतीक पूर्वाधार तथा यातायात मन्त्री भए । त्यसपछि उनको पालामा एक्जीम बैंक मार्फत आएको २ अर्व ऋण सहयोगको टेन्डर आव्हान भएको देखिन्छ ।
त्यसका पछि २०७४ मा प्रदेश र प्रतिनिधी सभाको निर्वाचन भयो । दुईवटा संसदिय निर्वाचन क्षेत्र भएको डोटी एउटा मात्रै प्रतिनिधीसभा निर्वाचन क्षेत्रमा सिमित भयो । नेपाली बाम गठवन्धनका प्रतिनिधीसभा उम्मेदबार प्रेमबहादुर आले मगर निर्वाचित भए । नेपाली कांग्रेसका उम्मेदबार बिरबहादुर बलायर १ हजार ६ सय ३५ भोटले पराजित भए । प्रदेशसभामा पनि बोगटान क्षेत्र भएको क्षेत्र नं (ख) बाट बाम गठवन्धनका उम्मेदबार त्रिलोचन भट्टले चुनाव जिते । जो अहिले सुदूरपश्चिम प्रदेशका मुख्य मन्त्री पनि छन् । नेताका यि चुनावी एजेण्डा कहिल्यै पुरा भएनन् । अब भने दुई तिहाइको सरकारका प्रधानमन्त्री आफैले सडक कालोपत्रेका लागी सिलान्यास गरेकाले जनतामा आशा पलाएको छ ।
जनता ३० महिनामा कालोपत्रे सडक बन्नेमा बिश्वस्त छन्
५० किलोमिटर उक्त सडक कालोपत्रे भएपछि कैलालीको चुरे, डोटीको जोरायल, बडीकेदार, बोगटान फुड्सील र केआइसिंह गाउँपालिकाका हजारौं स्थानीय प्रत्यक्ष लाभान्वित हुनेछन् । लामो समयदेखि जोखिम्पूर्ण यात्रा गर्न बाध्य डोटीका स्थानीय बासिन्दामा सडक कालोपत्रे हुने भएपछी खुसीको सीमा छैन ।
अहिले उक्त सडकको दुरावस्था छ । हिउँदमा मात्रै सञ्चालनमा रहने उक्त सडक अन्य समयमा स्थानीय पैदल हिड्न बाध्य हुनेगरेका थिए । सडक शुरु भएदेखिनै त्यहीँ बाटोबाट आवत्जावतु गर्ने गरेका डोडीको बडीकेदार गाउँपालिकाका स्थानीय मान वहादुर शलामी सडक बनेपछि दुःख फेरिने बताउँछन् ।
दुइ लेनमा विस्तार हुने उक्त सडकको यहि पौषबाट संयुक्त सर्वे भइरहेको छ । आगामी तीस महिनामा काम सम्पन्न गर्नेगरी पीआरएल कुमार जेभी संग सम्झौता भएको छ । उक्त सडकका लागि २ अर्व बजेट बिनियोजन गरिएको छ । शहजपुर बोगटान सडक योजना प्रमुख कल्पना अधिकारी निर्र्धारीत समयभित्रै निर्माण कार्य समपन्न हुने दाबी गर्छिन् ।

चर्चामा

सम्बन्धित समाचार