शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • देश/प्रदेश
  • दार्चुलाको स्वास्थ्य चौकीको भवन मर्मत

दार्चुलाको स्वास्थ्य चौकीको भवन मर्मत

  • आइतवार, फाल्गुन १२, २०७५
दार्चुलाको स्वास्थ्य चौकीको भवन मर्मत

त्रिप्ति शाही
दार्चुला
दार्चुलाको अपीहिमाल गाउँपालीका वडा नम्बर ४ मा रहेको खण्डेश्वरी स्वास्थ्य चौकीको भवन मर्मत गरिएको छ । जिर्ण रहेको स्वास्थ्य चौकी भवनको वडा कार्यालयको पहलमा मर्मत गरिएको हो । वडा कार्यालयको पहलमा निर्माण गरिएको स्वास्थ्य चौकी ईन्चार्ज एवं गाउँपालिकाका स्वास्थ्य सहसंयोजक प्रकाश बोहराले बताएका छन । जिर्ण रहेको उक्त भवन धमिरा लागेको , पानि परे चुहिने र हावाहुरी लागे छाना नै उडाउने अवस्थामा रहेको थियो । जिर्ण भवनबाट सेवा दिन असहज भइरहेका बेला भवन मर्मत पछी सेवाग्राहीहरुलाई सेवा दिन सजिलो हुने स्वास्थ्य चौकी ईन्चार्ज बोहराले बताए । नागरिकहरुलाई स्वास्थ्य सेवा लिन सहज होस् भन्ने उदेश्यले भवनको मर्मत गरेका वडा अध्यक्ष रविन्द्रसीह बोहराले बताएका छन । स्वास्थ्यचौकीको भवन मर्मत भएपछी त्यहाँका नागरिकहरु खुसी भएका छन् । मर्मत पछी स्वास्थ्य संस्थामा काम गर्न सहज हुने स्वास्थ्य ईन्र्चाज बोहराले बताएका छन । मर्मत पछी सेवा ग्राहीलाई पनी सहज हुने स्थानियले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार