मुस्ताङमा कोरोना खोपलाई खोला तार्दा पाएको अन्तर्राष्ट्रिय प्रशंसा
असार १ गते बिहान मुस्ताङको थासाङ गाउँपालिकास्थित थासाङ खोलामा बाढी आएपछि कोरोना खोप लिएर हिँडेका टुकुचे र कोवाङ स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी समस्यामा परे । गाउँपालिकाले खोप लगाउन ५५ वर्षमाथिका नागरिकलाई खबर गरिसकेको थियो । खोला तरेर जान सक्ने अवस्था थिएन । उनीहरुले उपाय निकाले, लामो लौरी (सायद फलामको पाइप)मा राखेर खोपको बक्सा पारी पुर्याउने । […]