शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • कोल्टि डिपोमा चामल सकियो, खाद्य संकटको मार खेप्दै स्थानिय

कोल्टि डिपोमा चामल सकियो, खाद्य संकटको मार खेप्दै स्थानिय

चामल थप नआए यो बुधवार मात्र बिक्रि गर्ने

  • सोमवार, भदौ ७, २०७८
कोल्टि डिपोमा चामल सकियो, खाद्य संकटको मार खेप्दै स्थानिय

बाजुरा–बाजुराको खाद्य ब्यबस्था तथा ब्यापार कम्पनी लिमिटेड कोल्टि शाखामा चामल अभाब भएको छ । शाखामा हाल मौजात १ सय १८ कुन्टल मात्र बाकि रहेको छ । चामल सकिएपछि शाखाले हप्तामा एक दिन बुधवार मात्र १० केजीका दरले बिक्रि गर्ने गरेको साहयक प्रमुख जिल्ला अधिकारी समिर भण्डारीले वताएका छन् ।
शाखामा चामल कम भएपछि नागरिकता बोकेर आएपछि बुधवारको दिनमा मात्र एकजनालाई १० केजी चामल मात्र बिक्रि गर्ने गरेको छ । क्रियाकाज भोज भतेरमा भने चामल दिने गरेको शाखा प्रमुख नविन आचार्यले वताएका छन् । आचार्यले भने थप चामल नआए यो बुधवार मात्र चामल बिक्रि गर्ने वताए । ५० कुन्टल त बिपतका लागि मौजात राख्ने शाखाले वताए ।
जिल्ला प्रशासन कार्यलय बाजुराले कोल्टी शाखामा चामल अभाब शुरु भएपछि प्रति ब्यक्ति नागरिकताको आधारमा १० केजी बिक्रि गर्न निर्देशन दिएको थियो । पहिला दैनिक १० केजीका दरले बिक्रि गर्ने गरेका थियौ, अहिले चामल सकिन लागेपछि बुधवार एक परिवारलाइ १० केजी बिक्रि गर्ने गरेको छ ।
स्थानिय संस्थानमा चामल सकिएपछि बजारको महँगो चामल किनेर खान बाध्य भएका छन् ।
चामल अभाब भएको जिल्ला प्रशासन कार्यलय बाजुराले संस्थानको प्रदेशलाई चामल ढुवानीको लागि ताकेता समेत गरेको बताए । तर अहिले सम्म चामल ढुवानी हुने नहुने कुनै जानकारी नआएको पाईएको छ । संस्थानमा चामल नभएपछि स्थानिय बजारको महँगो मुल्यमा चामल किनेर खाने गरेको स्थानिय मनविर लुवारले वताए ।
खाद्य ब्यबस्था तथा ब्यापार कम्पनी लिमिटेड कोल्टि शाखामा मटो चामल प्रतिकेजीमा ४८ मा बिक्रि हुने गरेको थियो । तर बजारमा भने मोटो चामल प्रतिकेजी ७० भन्दा महँगो मुल्यमा किन्ने गरेको स्थानियले बताए । मार्तडी कोल्टि सडक बर्षातले अबरोध पारेपछि बजारमा चामलको मुल्यमा निकै आकासिएको हो । बाजुराका पुर्वोउत्तरी क्षेत्रका चार वटा स्थानिय तहका बासिन्दा खाद्य संकटको मार खेपिरहेका छन् ।
आर्थिक बर्ष ०७७। ०७८ कोल्टि शाखाका लागि १० हजार कुन्टल चामल स्कीकृत भएको थियो । १० हजार मध्ये ८ हजार कुन्टल चामल आएको थियो, २ हजार सुर्खेत बाट नआएको शाखाले जनाएको छ । यो आर्थिक बर्षमा ५ हजार कुन्टल स्वीकृत भएको तर ढुवानीको प्रक्रिया कुनै अगाडि नबढेको खाद्य ब्यबस्था तथा ब्यापार कम्पनी लिमिटेड बाजुरा शाखा प्रमुख मेखराज ओझाले बताए । ओझाले भने उत्तरी क्षेत्रमा चामल अभाब भएको वताए ।
समयमै ठेकेदारले चामल ढुवानी नगर्दा खाद्यन्न अभाब भएको हो । कवाडी अस्थाइ डिपोमा भने यो भन्दा पहिला नै चामल सकिएको थियो । कवाडी अस्थाई डिपोका लागि खाद्य संस्थान बाजुराले आर्थिक बर्ष ०७७। ०७८ का लागि ३ हजार कुन्टल चामलको कोटा स्वीकृत भएर ठेक्का भएको थियो । सोही अनुसार ३ जना ठेकेदार को सम्झौता गरेको हो, मार्तडीबाट एल बि कन्टन्सन, कोल्टिबाट ओम शिव कन्टक्सन र धनगढीबाट बडिमालिका कन्टक्सन एण्ड अडर सप्लायर्सले जिम्मा लिएको थियो । तर १५ सय कुन्टल मात्र पुगेको जिल्ला प्रशासन कार्यलय बाजुराले जनाएको छ ।
मार्तडीबाट र कोल्टि बाट जिम्मा लिएका एल बि कन्टक्सन र ओम शिब कन्टक्सनले आफ्नो कोटाका चामल ढुवानी गरेर बिक्रि गरेर रकम भुक्तानी भईसकेको छ । धनगढीबाट ढुवानी जिम्मा लिएको बडिमालिका कन्टक्सन एण्ड अडर सप्लायर्सले ८ सय कुन्टल चामल ढुवानी नगरेको मार्तडी खाद्य ब्यबस्था तथा ब्यापार कम्पनी लिमिटेडका प्रमुख मेखराज ओझाले बताए ।

चर्चामा

सम्बन्धित समाचार