बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा होटल पसल राती आठ बजे सम्म मात्रै खुला रहने

बाजुरामा होटल पसल राती आठ बजे सम्म मात्रै खुला रहने

  • मङ्लबार, भदौ १, २०७८
बाजुरामा होटल पसल राती आठ बजे सम्म मात्रै खुला रहने

बाजुरा — बाजुरा जिल्लामा कोरोना माहामारी रोकथाम तथा नियन्त्रणका लागि बनेको कार्यबिधि अनुसार जिल्लाका होटल पसलहरु राती ८ बजे सम्म मात्रै खुल्ला रहने कार्यबिधि बनेको छ । यस अघि जिल्लामा कुनै समय सिमा नभएको जती सम्म पनि खुला रहने होटल तथा पशलहरुका लागि पहिलो पटक यो नियम बनेको हो । जिल्लामा कोरोना भाईरसको तेस्रो भेरीएण्ट बाट बच्न बिभिन्न निति बनाएर जिल्ला कोभिड रोकथाम तथा नियन्तण समितिले कार्याबिधि तयार गरेको छ । कोभिट १९ रोकथाम तथा नियन्त्रण सम्बन्धी बनेको १२ बुदे कार्यबिधिको २ को उपदफा (ख) मा होटल पसल सम्बन्धी रहेको छ । सो दफमा होटल पशल, ब्यबासायहरु राती ८ बजे सम्म मात्रै संचालन गर्न पाउने उल्लेख गरिएको छ ।
त्यसै गरी जिल्लामा आवत जावत गर्ने र जिल्ला बाहिरबाट आउने सवारी साधानहरुले बिहान ६ बजे दखी साझँ ७ बजे सम्म जिल्लामा प्रबेश गरिसक्नु पर्ने कार्यबिधिमा उल्लेख गरिएको छ । कोभिट १९ रोकथाम तथा नियन्त्रण सम्बन्धी बनेको १२ बुदे कार्यबिधिको २ को उपदफा (क) अनुसार जिल्लामा भित्रीने सवारी साधानहरु बिहान ६ बजे देखी साझँ ७ बजे सम्म जिल्ला प्रबेश गरिसक्नु पर्ने जनाएको छ । १ बिरामी र २ जना कुरुवा बोकेको सानो ४ पाग्रे गाडी एम्बुलेन्स वा अत्याआबस्यक कामका लागि जिल्ला प्रशासन कार्यालय बाजुराको पुर्ब स्विकृती लिएर सावारी गरेका सवारी साधानको हकमा सो नियम लागु नहुने जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार