राष्ट्रपतिको म्यानमार भ्रमणः म्यानमारले दियो उच्च प्राथमिकता
राष्ट्रपति विद्यादेवी भण्डारीको म्यानमार भ्रमणबाट नेपाल–म्यानमार सम्बन्ध नयाँ उचाइमा पुगेको छ । उतिबेला बर्मा भनिने हालको म्यानमारसँग नेपालको पुरानो जनस्तरको सम्बन्धलाई राष्ट्रपतिको भ्रमणले नवीकरण गरेको छ । यतिमात्र होइन, लोकतान्त्रिक आन्दोलनको एक नेत्रीका रूपमा बर्माको लोकतान्त्रिक आन्दोलनका पिता बोग्योक आङ सन सङ्ग्रहालय भ्रमण गरेर दुई देशबीचको सम्बन्धलाई अझ घनिष्ठ बनाएको अभिव्यक्ति यहाँका कूटनीतिज्ञ, व्यापारी, बुद्धधर्मका […]