बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • सुचना प्रबिधी
  • साइबर सेनाका ७ समूहमाथि फेसबुकले लगायो प्रतिबन्ध

साइबर सेनाका ७ समूहमाथि फेसबुकले लगायो प्रतिबन्ध

  • शनिबार, पुस ३, २०७८
साइबर सेनाका ७ समूहमाथि फेसबुकले लगायो प्रतिबन्ध

फेसबुकको माउ कम्पनी मेटाले सामाजिक अभियन्ता, विमति राख्ने व्यक्ति र पत्रकारलाई निशाना बनाउँदै आएका ७ वटा निजी साइबर समूहमाथि प्रतिबन्ध लगाएको छ।

सामाजिक सञ्जाल कम्पनी मेटाले बिहीबार ७ वटा ‘साइबर मर्सिनरी’ वा भाडाका साइबर सेनामाथि प्रतिबन्ध लगाएको हो। अनुसन्धानपछि ह्याकिङसहितका अन्य अपराधमा संलग्न रहेको पाइएपछि ती समूहका झण्डै १ हजार ५ सय नक्कली अकाउन्टलाई फेसबुक, इन्टाग्राम र ह्वाट्सएपबाट हटाइएको छ ।

प्रतिबन्ध लागेका साइबर समूहमा इजरायलका ब्ल्याक क्युब, कोगनाइट, ब्ल्यूहक सीआई र कबवेब छन् । यी ४ इजरायली कम्पनीले साइबार जासुसीमा महत्वपूर्ण भूमिका खेल्दै आएका थिए। त्यस्तै, मेटाले उत्तरी मेसेडोनियाको साइट्रोक्स र भारतको बेलट्रोक्समाथि समेत प्रतिबन्ध लगाएको छ । नाम नखुलाइएको एक चिनियाँ साइबर कम्पनीमाथि पनि प्रतिबन्ध लगाइएको छ ।

मेटाले भाडाका साइबर समूहद्वारा निगरानी गरिएका सयभन्दा बढी मुलुकका ५० हजार मानिसलाई सतर्क हुन समेत भनेको छ ।मेटाका सुरक्षा नीति प्रमुख नाथानियल ग्लेइसरले मिडिया ब्रिफिङमा बोल्दै प्रतिबन्धित साइबर कम्पनीले अन्य ठूला कम्पनीको पक्षमा काम गरेको र मानिसलाई जथाभावी निशाना बनाएको बताए। ‘भाडाका निगरानी कम्पनीले सबैभन्दा उपल्लो तहका पात्रको पक्षमा अन्धाधुन्द निशाना बनाएको देखिन्छ’, ग्लेइसरले भने ।

मेटाका साइबर सुरक्षा अधिकारी डेभिड अग्रानोभिचले बिहीबारको कदमबाट साइबर सेनाका समूहलाई ‘भाडामा लगाएर हुने निगरानी’ अवरुद्ध हुने बताएका छन् ।
यसैबीच, ‘साइबर मर्सिनरी’ समूहले अपराधी र आतंकवादीलाई मात्रै आफूले निशाना बनाएको दाबी गरेका छन् ।

तर मेटाले महिनौं लगाएर गरेको अनुसन्धानपछि पत्रकार, विमति राख्ने व्यक्ति, अधिनायकवादी सरकारका आलोचक, मानव अधिकारकर्मी एवं विपक्षी नेताका परिवारलाई अन्धाधुन्द निशाना बनाएको पाइएको थियो ।

मेटाले आफूमाथि घृणायुक्त अभिव्यक्ति र दुष्प्रचारलाई बढावा दिएको आरोप लागेपछि छानबिन सुरु गरेको थियो । एजेन्सीहरुको सहयोगमा

चर्चामा

सम्बन्धित समाचार