सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • राजनीति
  • बाजुरामा देउवाको विरासत भत्काएका पाण्डे सहमहान्त्रिमा विजयी

बाजुरामा देउवाको विरासत भत्काएका पाण्डे सहमहान्त्रिमा विजयी

  • शुक्रबार, पुस २, २०७८
बाजुरामा देउवाको विरासत भत्काएका पाण्डे सहमहान्त्रिमा विजयी

बाजुरा–नेपाली काँग्रेसका युवा नेता बद्रि प्रशाद पाण्डे नेपाली काँग्रेसको सहमहामन्त्रिमा विजयी भएका छन् । पाण्डे कोइराला टिम बाट विजयी २४ सय ११ मत ल्याएर विजयी भएका हुन् । उनले देउवा टिमका कणर्ाली प्रदेशका मुख्य मन्त्रि जिवन बहादुर शाहीलाई पराजय गरेका छन् । शाहीले २१ सय ३३ मत ल्याएका छन् ।
पाण्डेले बाजुराको जिल्ला अधिबेशनमा देउवाको विरासत भत्काउने मुख्य भुमिका निर्वाह गरेका थिए । बाजुरामा देउवाको विरासत भत्काएर उनि केन्द्रमा पनि कोइराला टिम बाट अर्थात देउवाको बिपक्ष टिम बाट सहमहामन्त्रिमा विजयी भएका छन् । बाजुरा घर भएका पाण्डे देशमै काँग्रेस भित्र युवा पुस्ताका बलियो नेताका रुपमा स्थापित भएका छन् ।
नेपाली काँग्रेस केन्द्रिय सदस्य बद्रि प्रसाद पाण्डेले बाजुरामा भनेका थिए, हामी ब्यथितिको अन्त्य र सत्ता हस्तान्तरण चाहान्छौ, त्यहि भएर आफ्नो उम्मेद्धवारी महामन्त्रिमा रहने वताएका थिए । फलस्वरुव देउवाको दबदबाह र उनका प्रतिश्पर्धि कणर्ाली प्रदेशका मुख्य मन्त्रि जिवन बहादुर शाहीलाइ पाखा लगाएका छन् ।
पाण्डेले विजयी भएपछि भने, पाटिलाई बिधि बिधानमा सञ्चालन गर्न कार्यक्रताको हितमा सधै लागिरहने वताए । पाण्डेलाई धेरैले भन्थे बाजुरामा पाण्डेको संगठन छैन्, केन्द्रिय राजनितिममा भाषण दिएर हिड्ने भन्दा केही काम छैन् । तर पाण्डेको संगठन भए नभएको सातौ जिल्ला अधिबेशन बाट उनले प्रमाणित गरेका थिए । केन्द्रमा पनि विजयी भएपछि उनको राजनितिक यात्रामा छलाङ्ग मारेका छन् । पाण्डेलाई गुट उपगुट भन्दा पनि युवा पुस्ताले रुचाउनुका साथै साथ दिएका छन् ।

चर्चामा

सम्बन्धित समाचार