शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • राजनीति
  • काँग्रेसको खुला केन्द्रीय सदस्यमा २३९३ मत गन्दा कसले कति मत प्राप्त गरे ?

काँग्रेसको खुला केन्द्रीय सदस्यमा २३९३ मत गन्दा कसले कति मत प्राप्त गरे ?

  • आइतवार, पुस ४, २०७८
काँग्रेसको खुला केन्द्रीय सदस्यमा २३९३ मत गन्दा कसले कति मत प्राप्त गरे ?

नेपाली काँग्रेस केन्द्रीय सदस्य (खुलातर्फ) को आज २३९३ मत गनेर सकिएको छ । खुल्ला केन्द्रीय सदस्यमा २३९३ मत गन्दा शशांक कोइरालाले १९७१ मत प्राप्त गरेका छन् । उनी शेरबहादुर देउवा, शेखर कोइराला र प्रकाशमान सिंहको गरि तीनवटै प्यानलमा थिए ।

त्यस्तै एनपी साउदले १५५८ मत प्राप्त गरेका छन् भने उदयशम्शेर राणाले १४४५ मत प्राप्त गरेका छन् । त्यसैगरी अर्जुननरसिंह केसीले १३८३ मत प्राप्त गरेका छन् भने बालकृष्ण खाणले १५०७ मत प्राप्त गरेका छन् । त्यस्तै रमेश लेखकले १४५१ मत प्राप्त गरेका छन् भने रामहरि खतिवडाले १३९५ मत प्राप्त गरेका छन् ।

काँग्रेस केन्द्रीय कार्यालय सानेपामा शनिबार बिहान १०ः ३० बजेदेखि खुला केन्द्रीय सदस्यतर्फको मतगणना सुरु भएको थियो । काँग्रेसमा ३५ जना खुलातर्फबाट केन्द्रीय सदस्य निर्वाचित हुनेमा ९९ जना उम्मेदवार रहेका छन् । बाँकी मत आइतबार गणना हुने जनाइएको छ ।

चर्चामा

सम्बन्धित समाचार