आज गौरा पर्वको मुख्य दिन, सुदूरपश्चिममा दुई दिन सार्वजनिक विदा
धनगढी— सुदूरपश्चिम प्रदेशमा आज गौरा पर्व हर्षोल्लासका साथ मनाइँदै छ। गौरा पर्वको मुख्य दिन, आज अठवली अर्थात् अष्टमी हो। यस दिन गौराको पूजाआजा गरी मनाइन्छ। सुदूरपश्चिमको मौलिक संस्कृति झल्किने गरी मनाइने गौरा पर्व ९ वटै जिल्लामा धार्मिक तथा सांस्कृतिक मान्यता अनुसार मनाउने चलन छ। प्रदेश बाहिर र विदेशमा समेत बसोबास गर्ने सुदूरपश्चिमेलीले गौरा पर्व मनाउँदैछन्। […]