दार्चुलाको शैल्यशिखर नगरपालिकाका हाकिमसहित सात जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
दार्चुला— दार्चुलाको एक नगरपालिकाका हाकिमसहित सात जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ। जिल्लाको शैल्यशिखर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्टसहितका सात जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको हो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिहीवार काठमाडौंस्थित विशेष अदालतमा उनीहरु विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्ट, इन्जिनियर सन्तोष पाण्डेय, तत्कालीन इन्जिनियर […]