सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • देश
  • बडिमालिकाको दर्शन गर्न गएका त्रिवेणीका एक जनाकाे लेक लागेर मृत्यु

बडिमालिकाको दर्शन गर्न गएका त्रिवेणीका एक जनाकाे लेक लागेर मृत्यु

एक जनाकाे सेनाको मेडिकलमा उपचार हुदै

  • बुधबार, भदौ १३, २०८०
बडिमालिकाको दर्शन गर्न गएका त्रिवेणीका एक जनाकाे लेक लागेर मृत्यु

बाजुरा – बडिमालिकाको दर्शन गर्न गएका एक जना तिर्थयात्रीको लेक लागेर मृत्यु भएको छ । धार्मिक तथा पर्यटकीय स्थल बडीमालिका गएका त्रिवेणी नगरपालिकाका–१ का २३ वर्षीय भरत  बुढाको मृत्यु भएको दुर्गाभञ्जन गुल्म बाजुराले जनाएकाे छ।
बडीमालिकाको दर्शनका लागि गएका बुढालाई अक्सिजन अभावका कारण  अचेत अवस्थामा भेटिएपछि दुर्गाभञ्जन गुल्म बाजुराले तिर्थयात्रीका लागि संचालन गरेको मेडिकल क्याम्पमा उपचारका क्रममा मृत्यु भएको दुर्गाभञ्जन गुल्मका गुल्मपति धर्मेन्द्रबहादुर सिंहले बताएका छन । उनकाे उपचारका क्रममा मंगलबार राति नै मृत्यु भएको जनाइएकाे छ ।

 नेपाली सेनाकाअनुसार मृतक बुढा अक्सिजन अभावका कारण त्रिवेणी धाममा अचेत अवस्थामा फेला परेका थियाे
त्यस्तै अक्सिजन अभावका कारण  कैलालीकाे अत्तरिया घर भएकी ६३ वर्षीया इश्वरी बोहराको समेत  सेनाको मेडिकलमा उपचार बताइएकाे छ ।

बडीमालिकाको त्रिवेणीमा मृत्यु भएको बुढा र सिकिस्त विरामी बोहरालाई ल्याउनका लागि  गृह मन्त्रालयसंग पहल भइरहेको जिल्लला प्रशासन कार्यालय बाजुराले जनाएकाे छ ।

त्यस्तै बडिमालिकामा अक्सिजन अभावका कारण घाइते भएका कालिकोटका धनप्रसाद न्यौपानेको उद्धार पछि  उपचारका क्रममा मृत्यु भइसकेको छ भने बझाङ्गकी  झुपु धामीको सामान्य उपचारपछि घर फर्किसकेकी छन  ।

चर्चामा

सम्बन्धित समाचार