बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • देश
  • बडिमालिकाको दर्शन गर्न गएका कालिकोटका धनप्रसाद न्यौपानेको मृत्यु

बडिमालिकाको दर्शन गर्न गएका कालिकोटका धनप्रसाद न्यौपानेको मृत्यु

  • मङ्लबार, भदौ १२, २०८०
बडिमालिकाको दर्शन गर्न गएका कालिकोटका धनप्रसाद न्यौपानेको मृत्यु

बाजुरा— बाजुराकाे बडिमालिका दर्शन गर्न गएका कालिकाेटका धनप्रसाद न्यौपानेको मृत्यु भएकाे छ । मङ्गलबार नेपाली सेनाको हेलिकोप्टरद्धारा न्यौपानेको  उद्धार गरिएको  थियाे ।   सोमबार बडीमालिकाको त्रिवेणी धाममा अक्सिजन अभावका कारण लडेर घाइते भएका थिए । उनको सुर्खेतमा मृत्यु भएको प्रहरीले जनाएकाे छ । न्यौपानेको उपचारका क्रममा आज दिउँसाे प्रादेशिक अस्पताल सुर्खेतमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ ।

न्यौपानेसंगै उद्धार गरिएकी बझाङ्ग जिल्ला जयपृथ्वी नगरपालिका–९ की अन्दाजी ७० वर्षीया झुपु धामी जिल्ला अस्पताल बाजुरामा सामान्य उपचार पछि घर फर्किसकेका छन ।

 

चर्चामा

सम्बन्धित समाचार