• होमपेज
  • देश
  • सुदूरपश्चिममाआगलागीबाट साढे एक करोडको क्षति, तीन जना घाइते

सुदूरपश्चिममाआगलागीबाट साढे एक करोडको क्षति, तीन जना घाइते

  • शुक्रबार, भदौ १५, २०८०
सुदूरपश्चिममाआगलागीबाट साढे एक करोडको क्षति, तीन जना घाइते

धनगढी— सुदूरपश्चिममा आगलागीबाट साढे एक करोडभन्दा बढीको क्षति पुगेको अनुमान गरिएको छ। सुदूरपश्चिम आपतकालीन कार्य सञ्चालन केन्द्र (पीइओसी) ले संकलन गरेको तथ्यांकअनुसार प्रदेशका विभिन्न स्थानमा गरी आगालागीबाट डेढ महिनाको अवधिमा एक करोड ५६ लाख २५ हजार ८ सय बराबरको धनमाल चलेर नष्ट भएको हो। सो अवधिसम्म आगलागीबाट दुई महिला र एक पुरुष गरी तीन जना घाइते भएका छन्।

डेढ महिनाको अवधिमा आगलागीका १८ घटना प्रदेशभित्र घटेका छन्। ती आगालागीका घटनाबाट २१ परिवार प्रभावित बन्न पुगेको पीइओसीको तथ्यांकले देखाएको छ। आगलागीबाट दुई घरमा आंशिक र दुई घरमा पूर्ण क्षति पुगेको समेत पाइएको छ। साथै आगलागीबाट ६ गोठमा क्षति पुगेको छ भने ७ वटा पशुचौपायामा क्षति पुगेको पाइएको छ।

सामान्य हेलचेक्र्याई र असावधानीका कारण आगलागीका घटना बढी घट्ने गरेका छन्। सानो कुरामा सतर्कता नअपनाउँदा क्षण भरमै ठूलो जनधन क्षति हुने गरेको छ। आगलागीबाट हुने क्षति कम गर्न सरोकारवाल निकायले पूर्वतयारी अपनाए पनि परेको बेलामा तयार राखिएका प्रविधि र जनशक्तिले काम गर्न नसक्दा धेरै क्षति हुने गरेको छ।

आगलागीबाट बच्ने सबैभन्दा ठूलो उपाय भनेको व्यक्तिगत सावधानी नै हो। आगलागीको जोखिमबाट बच्न विद्युतीय उपकरण चलाउँदा तथा आगोसँग काम गर्दा सर्तकता अपनाउनुपर्ने विज्ञ बताउँछन्। हुरी बतास चल्ने समयमा बढी आगलागी हुने भएकाले त्यो बेला विशेष सावधानी अपनाउनुपर्ने विज्ञहरुको सुझाव छ।

आगो निभाउने प्रविधि र दक्ष जनशक्तिको अभावमा आगलागी नियन्त्रण चुनौतिपूर्ण बन्दै गइरहेको छ। अव्यवस्थित शहरीकरण, बनेका कमजोर संरचना, आगलागी नियन्त्रण गर्ने दमकलले सही समयमा काम नगर्दा पनि बढी क्षति हुने गरेको छ।

घरधनीले विद्युतीय उपकरण प्रयोग गर्दा सावधानी नपनाउने लगायत कारणले पनि दोहोरिएर आगलागीका घटना घट्ने गरेका छन्। साभार दिनेश खबरबाट

चर्चामा

सम्बन्धित समाचार