कैलालीमा भरुवा बन्दुकसहित एक युवक पक्राउ
धनगढी — कैलालीमा प्रहरीले भरुवा बन्दुकसहित एक युवकलाई पक्राउ गरेको छ। जिल्लाको गोदावरी नगरपालिका–१० दमैराका २३ वर्षीय प्रदेशी चौधरीलाई एकनाले भरुवा बन्दुकसहित पक्राउ गरिएको प्रहरीले बताएको छ। शुक्रबार राति अस्थायी प्रहरी पोस्ट चौकीडाँडाबाट खटिएको प्रहरी टोलीले उनलाई बन्दुकलगायत साइकलको छर्रा ४५ थान, साइकलको धुरा काटी बनाएको गोली आठ थान, गुलेली एक थान, रेन्ची एक थान, […]