शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • बझाङमा लाग्ने धार्मिक साँस्कृतिक तथा ऐतिहासिक चर्चित बिर्सती मेला सम्पन्न

बझाङमा लाग्ने धार्मिक साँस्कृतिक तथा ऐतिहासिक चर्चित बिर्सती मेला सम्पन्न

  • सोमवार, भदौ २१, २०७८
बझाङमा लाग्ने धार्मिक साँस्कृतिक तथा ऐतिहासिक चर्चित बिर्सती मेला  सम्पन्न

शिवजी मण्डेल/ बझाङ — बझाङमा लाग्ने धार्मिक साँस्कृतिक तथा ऐतिहासिक चर्चित बिर्सती मेला भदौ १८ गतेबाट सुरु भएर २० गते आइतबार सम्पन्न भएको छ । जिल्लाको छबिस पाथिभेरा गाउँपालिका ६ र दुर्गाथलि गाउँपालिका ७ को बिच बिसौनामा लाग्ने बिर्सती मेला भदौ १८ गतेबाट सुरु भइ २० गते आइतबार सम्पन्न भएको हो ।
चर्चित बिर्सती मेला महालिङ्ग , दुर्गा देवी र पाठपाला देउताका आलिपालिका करिया भक्तजनहरूले परम्परागत कालदेखिनै मनाउँदै आएको हुन् ।
महालिङ्गका पुत्र पाठपाला देउताले बाटो बाटोमा गोरु गोठाला सँग चौतारी चिन्दै मठमन्दिर बनाउँदै गर्दा एउटी बुढीले के गरेको यो भनेको किंवदन्ती रहेको त्यहाँका बुढापाखाहरू बताउने गरेका छन् ।
त्यसपछि त्यहीँ बुढीले त्यति शक्तिशाली भए जुम्लाको सिजाका राजालाई चिन्न लगा भनेको र पाठपाला देउताले राजालाई चिन्न लगाई आफ्नो शरणमा ल्याइएको खुसियालीमा लेकगाउँ गाउँका लेकालले र बझाङ जिल्ला लगाएत अन्य जिल्लाका करियाहरूले भदौ १८ गतेबाट २० गतेसम्म पूजाआराधाना मागल देउताका फाग चाभाइ खेल्दै बिर्सती मेला मनाउने गरेको छबिस पाथिभेरा गाउँपालिका ६ का वडा अध्यक्ष महनलाल बिकले बताउनुभयो ।
अघिल्ला बर्षहरूमा मेला सबै सामु चिनाउनका लागि विभिन्न कार्यक्रम गर्दै आएपनि कोरोना भाइरसको कहर कायमै रहेकाले पोहोर वर्षझै यो वर्ष पनि करिया भक्तजन आलिपालिहरूले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाइ पूजापाठ गर्दै मेला समापन भएको छ ।
यो धार्मिक साँस्कृतिक तथा ऐतिहासिक बिर्सतमा मेला बझाङ जिल्लाका मात्रै नभइ अन्य जिल्लाबाट पनि मान्छे आउने गरेको भए पनि अहिले कारोना कायमै भएकाले कोही नआउँदा त्यति रमाइलो नभएको छबिस पाथिभेरा गाउँपालिका ६ लेकगाउँका कबिन्द्र बुढाले बताए ।

बिर्सतीमा बाहिरको कोही मान्छेलाई आउन रोक लगाइएको थियोे । उक्त मेला लाग्ने ठाउँमा सुरक्षाकर्मी खठाइएका थिए । भने मेला पूजाआराधानामै सम्पन्न भएको हो

चर्चामा

सम्बन्धित समाचार