बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बुढीगंगा
  • भालुको आक्रमणबाट घाइते कौशिल्लाको उपचारका लागि बुढिगंगा नगरपालीकाले आर्थिक सहयोग गर्ने

भालुको आक्रमणबाट घाइते कौशिल्लाको उपचारका लागि बुढिगंगा नगरपालीकाले आर्थिक सहयोग गर्ने

  • आइतवार, भदौ २०, २०७८
भालुको आक्रमणबाट घाइते कौशिल्लाको उपचारका लागि बुढिगंगा नगरपालीकाले आर्थिक सहयोग गर्ने

बाजुरा — भालुको आक्रमणबाट घाइते कौशिल्ला नेपालीलाई बुढिगंगा नगरपालीले आर्थिक सहयोग गर्ने भएको छ ।

गरिविका कारण उपचारमा समस्या भएपछि कौशिल्लाको उपचारका लागि आतेजाते लाग्ने खर्च नगरपालिकाले गर्ने भएको हो ।
बाजुराको बुढिगंगा नगरपालिका ९ बस्ने २१ बर्षिय कौशिल्लालाई बिहिवार दिउसो गाउँ नजिकै गोठालो गएको बेला भालुले आक्रमण बाट घाइते भएकि थिइन । कौशिल्लालाई भालुले आक्रमण गर्दा उनको उपचारका लागि अछाममा रहेको बयालपाटा अस्पतालमा भर्ना गरिएको थियो । उनकोे उपचारका गर्न घरायसी अवस्था कमजोर भएकाले उनको उपचारमा कठिनाई आएको उनका आफन्तले जनाएको छ ।अछामको बयालपाटा अस्पतालमा उपचार हुन नसकि उनलाई शिक्षण अस्पतालमा उपचार गराइरहेका आफन्तले बताएका छन ।नेपालीको उपचारका लागि बुढिगंगा नगरपालीकाले आर्थिक सहयोग गर्ने सोही नगरपालीकाका नगर प्रमुख दिपक बिक्रम शाहले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार