बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • राजनीति
  • बाजुरा स्वामिकार्तिक खापर गाउँपालिका अध्यक्ष र उपाअध्यक्ष लगायत नेकपा (एस) मा सनाखत गर्दै

बाजुरा स्वामिकार्तिक खापर गाउँपालिका अध्यक्ष र उपाअध्यक्ष लगायत नेकपा (एस) मा सनाखत गर्दै

  • सोमवार, भदौ २१, २०७८
बाजुरा स्वामिकार्तिक खापर गाउँपालिका अध्यक्ष र उपाअध्यक्ष लगायत नेकपा (एस) मा सनाखत गर्दै

बाजुरा — बाजुरा जिल्ला स्वामिकार्तिक खापर गाउँपालिका अध्यक्ष चिरनजिबी शाही र उपाअध्यध्यक्ष मिमा बुढा लगायत जिल्लाको केही जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) पार्टीका पक्षमा सनाखत गर्न सदुरमुकाम पुगेका छन । गाउँपालिका अध्यक्ष शाही, मिमा बुढा संगै सोही गाउँपािलिकाका एक जना वडा अध्यक्ष समेत सनाखत गर्ने श्रोतले जनाएको छ । त्यसै गरी बुढिगंगा नगरपालिका वडा न ९ का वडा अध्यक्ष भरत थापा पनी नेकपा (एस) को पक्षमा सनाखत गर्न सदरमुकाम पुगेको बताएका छन । नेकपा एसमा सनाखत गर्न थप अन्य जनप्रतिनिधीहरू पनि सदरमुकाम पुग्ने क्रम जारी रहेकाे जनाएकाे छ ।
जिल्ला निर्वाचन कार्यालयमा पुगेर दल विभाजनसम्बन्धी अध्यादेशमा यही भदौ २२ गतेसम्म नयाँ दल रोज्न पाउने व्यवस्था गरिएको जनाइएको छ । सोही अवधिमा नागरिकता, मतदाता परिचयपत्र, निर्वाचित भएको प्रमाणपत्रसहित स्वयं उपस्थित भएर सनाखत गर्न सकिने निर्वाचन कार्यालयले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार