बाजुराको परिणामपछि वरिष्ठ नेता पौडेलको प्रतिक्रिया : सुदूरपश्चिममा पनि परिवर्तन सम्भव छ
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बाजुराको जिल्ला अधिवेशनलाई लिएर कांग्रेसमा परिवर्तनको सुरुवात भएको प्रतिक्रिया दिएका छन्। सभापति शेरबहादुर देउवाको पकड क्षेत्र मानिने बाजुरामा संस्थापनइतर समूहले जित हासिल गरेपछि उनले सामाजिक सञ्जाल ट्विटरमार्फत यस्तो प्रतिक्रिया दिएका हुन्। ‘परिवर्तन सम्भव छ, सुदूरपश्चिममा पनि परिवर्तन सम्भव छ। बाजुरामा रामसिंह रावलको विजयले संकेत गरिसक्यो। डडेल्धुराले सन्देश दिइसक्यो,’ पौडेलले […]