शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाचार
  • पहाडमा वर्षा र हिमाली भेगमा हिमपातको सम्भावना

पहाडमा वर्षा र हिमाली भेगमा हिमपातको सम्भावना

  • शुक्रबार, कार्तिक १२, २०७८
पहाडमा वर्षा र हिमाली भेगमा हिमपातको सम्भावना

काठमाडौँ — आज (शुक्रबार) देशका पहाडी भूभागमा वर्षाको सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ भने उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हिमपातको सम्भावना रहेको छ ।

राति पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

शनिबार पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले आँकलन गरेको छ । उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

हेर्नुहोस् महाशाखाले आज बिहान जारी गरेको आगामी तीन दिनको मौसमको विश्लेषण

चर्चामा

सम्बन्धित समाचार