शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बजार
  • बाजुराका स्वास्थ्य संस्थाहरूमा औषधीकाे अभाव

बाजुराका स्वास्थ्य संस्थाहरूमा औषधीकाे अभाव

  • बिहिबार, कार्तिक ११, २०७८
बाजुराका स्वास्थ्य संस्थाहरूमा औषधीकाे अभाव

जंग रावल — बाजुरा जिल्लाका स्वास्थ्य सस्थाहरुमा औषधीको अभाव भएको छ । जिल्लामा लामो समय देखी सडक यातायता अबरुद्ध हुदा जिल्लाका सबै स्थानीय तहमा रहेका स्वास्थ्य सस्थाहरुमा औषधी अभाव भएको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले जानकारी दिएका छन ।
जिल्लाका स्वास्थ्य संस्थाहरूमा अभाव देखिएका औषधी जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा बितरण गरिने औषधीहरु सडकको समस्याका कारण ढुवानीमा समस्या आएकोले अभाव भएको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख पन्तले बताए । हाल जिल्लाका स्वाथ्य संस्थामा अभाव रहेको औषधी स्वास्थ्य संस्थामा अभाव भएको उनले बताए ।
नेपाल सरकारले स्वास्थ्य संस्थामा ७० प्रकारका औषधीहरु बितरण गर्ने गरेको छ । सो मध्य अत्याआबस्यक औषधीहरु सबै भन्दा बढि अभाव भएको स्वास्थ्य संस्थाहरुले जनाएका छन । सरकारले स्वास्थ्य संस्थाहरुमा ७० प्रकारका औषधीहरु निशुल्क दिने गरेको भए पनि अहिले सो औषधीहरु नभएका कारण बिरामीहरुलाई दिन नसकेको स्वास्थ्य संस्थाहरुले जनाएको छ । जिल्लामा अक्सोटमी, एन्टीभाईटीक, एन्डमोण्डझोल जिवनजल लगायतका अत्याआबस्यक औषधी पनि नभएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।
जिल्लाका सबै स्वास्थ्य संस्थालाइ आफ्नो संस्थामा अभाव देखिएको नेपाल सरकारद्धारा बितरीत औषधी ढुवानीमा समस्या हुनुका साथै अब ढुवानीका लागि पैशाको समेत अभाव भइसकेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । यस अघि असार पहिलो साताबाट बाजुराको सडक अबरोध भएका कारण कोरोनाको भ्याक्सीन ढुवानी गर्दा जिल्लामा आएको ढुवानीको पैशा समेत सकिसकेकोले थप समस्या हुने स्वास्थ्य कार्यालय बाजुराका प्रमुख पन्तले बताए । जिल्लाका सबै स्वास्थ्य संस्थाहरुमा नेपाल सरकारले निशुल्क दिने औषधी अभाव भएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार