बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • समाचार
  • महाकालीमा डुङ्गा दुर्घटना : दिदीको शव फेला, भाई अझै बेपत्ता

महाकालीमा डुङ्गा दुर्घटना : दिदीको शव फेला, भाई अझै बेपत्ता

  • बिहिबार, कार्तिक ११, २०७८
महाकालीमा डुङ्गा दुर्घटना : दिदीको शव फेला, भाई अझै बेपत्ता

धनगढी — महाकाली नदीमा डुङ्गा पल्टिँदा बेपत्ता भएका दुई जनामध्ये एक जनाको शव फेला परेको छ। बैतडीको शिवनाथ गाउँपालिका -१ का चक्रसिंह साउदकी १५ वर्षीया छोरीको शव भेटिएको वडाध्यक्ष कर्ण साउदले बताए।

अर्का बेपत्ता भएका पनि चक्रसिंह साउदकै ८ वर्षीय छोरा रहेको उनले बताए। वडाध्यक्ष कर्णका अनुसार साउद परिवार भारतमै बस्ने गरेको र महाकाली नदीको खाँड घाटबाट पारि जान खोज्दा दुर्घटना भएको खुलेको छ। शिवनाथ गाउँपालिका -१ खाँड घाटमा बुधवार १० जना सवार डुङ्गा पल्टिएको थियो। तीमध्ये ८ जना पौडी खेलेर पारी पुग्न सफल भएका र २ जना बेपत्ता भएका थिए।

अर्का बेपत्ता रहेका बालकको खोजीका लागि बिहानै नेपाल प्रहरी र सशस्त्र प्रहरी घटनास्थलतर्फ गएका प्रहरीले जनाएको छ। काम विषेशले भारत जाने नेपाली यात्रुलाई पारी तार्ने क्रममा डुङ्गा पल्टिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दर्शन खड्काले बताए।

चर्चामा

सम्बन्धित समाचार