शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • कोल्टिमा हवाइ टिकटमा दोब्बर भाडा उठाउदै, प्रशासन मुखदर्शक

कोल्टिमा हवाइ टिकटमा दोब्बर भाडा उठाउदै, प्रशासन मुखदर्शक

  • बिहिबार, कार्तिक ११, २०७८
कोल्टिमा हवाइ टिकटमा दोब्बर भाडा उठाउदै, प्रशासन मुखदर्शक
फाेटाे/ पत्रकार महेश कार्कि

काेल्टि–बाजुराको कोल्टि जहाजको टिकटमा मनोमानी भाडा लिइरहेका छन् । जहाजको टिकट नपाउने समस्या भएपछि निजि एयरलाइन्सले यात्रु बाट दोब्बर बढी भाडा उठाने गरेका छन् । एकातिर भाडा दोब्बर तिरिरहेका छन्, अर्को टिकटका लागि हारगुहार गरिरहेका छन् ।
यात्रु बाट मनोमानी भाडा र भाडादर भन्दा दोब्बर पैसा उठाइरहेका भएपनि स्थानिय तह, प्रहरी, प्रशासन, कोल्टि बिमानस्थल मुखदर्शक भएको छ । खुलेम खुला दोब्बर भाडा लिइरहेका छन्, सम्बन्धित निकाय मुखदर्शक भएको नागरिक अगुवा प्रदिपराज जोशीले वताएका छन् ।
कोल्टि बाट नेपालगञ्जको भाडा ५ हजार ७ सय भन्दा बढी लिन नपाउने रहेको छ । तर बिहिवार मात्र कोल्टि बाट नेपालगञ्ज उठान भरेको सिता एयरलाइन्सले प्रतिब्यक्ति १० हजार भाडा लिएर यात्रु उडाएको थियो । नाम नभन्ने सर्तमा नेपालगञ्ज पुगेका एक यात्रुले भने १० हजार तिरेर आए, त्यहि पनि हारगुहार गरेर पुगेको वताए । ५ हजार ७ सयमा त कुनै पनि एयरलाइन्सले यात्रु नल्याउने गरेको उनले वताए ।
मनोमानी भाडा समिट, सिता र तारा एयरलाइन्सले मनोमानी भाडा लिइरहेका छन् । तिनवटै एयरलाइन्सले प्रतिब्यक्ति हजार बढि भाडा लिइरहेका छन् । नजिकै प्रहरी, कोल्टि नगरपालिका छ, उसले पनि नदेखे झै गरिरहेको स्थानियले वताएका छन् ।
कणर्ाली राजमार्ग र मार्तडी कोल्टि सडक बेमौसमि बर्षाले अबरोध भएपछि कोल्टिमा ६ सय भन्दा बढि यात्रु एक साता देखि टिकटको पर्खाइमा रहेको छन् । निमित्त प्रमुख जिल्ला अधिकारी समिर भण्डारी मनोमानी भाडा लिने गरेको सुनिन आएको वताए । कोल्टि बिमानस्थल, प्रहरीलाइ समेत जानकारी गराइसकेको मनोमानी भाडा लिएको पाईएमा कार्यवाहि गर्ने भण्डारीले वताए ।
यात्रु धेरै भएपछि भिड व्यबस्थापन गर्न बिमानस्थललाई निकै समस्या परेको छ । एकातिर यात्रुको चाप र जहाजको टिकटमा समेत मनोमानी हुने गरेको पाईएको छ । दसैं मनाउन घर आएकाहरु फर्किन थालेका छन् । बर्षाले सडक अबरोध भएपछि यात्रु हवाई सेवाबाट यात्रा गर्नु पर्ने भएकोले कोल्टीमा यात्रुले टिकट पाउन समस्या भएको हो । कोल्टि बिमान स्थलका प्रमुख श्री कृष्ण रिमालका अनुसार आफुहरुलाइ भाडा सम्बन्धि जानकारी नहुने वताए । त्यस्तो पाइएमा कार्यवाहिका लागि शिफारीस गर्ने वताए ।

चर्चामा

सम्बन्धित समाचार