चुनावको अघिल्लो रात, गुफामा मोदीको बास
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबारको रात केदारनाथको गुफाभित्र बिताएका छन्। लोकसभा चुनावको अन्तिम चरणको मतदान हुनुभन्दा अघिल्लो रात मोदीले हिन्दु धार्मिकस्थल केदारनाथको गुफामा ध्यान गरेका हुन्। मोदीले समुद्र सतहदेखि ११ हजार ७ सय फिट उचाइमा रहेको गुफाभित्र रात बिताएको जनाइएको छ। मोदीले ध्यान गरेको गुफाभित्र ओछ्यान, बत्ती र शौचायलको व्यवस्था गरिएको छ। गुफाभित्र मोदीले रातभरि […]