मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • भारतमा ७८ हजार कोरोना संक्रमित, २५ सयको मृत्यु

भारतमा ७८ हजार कोरोना संक्रमित, २५ सयको मृत्यु

  • बिहिबार, जेष्ठ १, २०७७
भारतमा ७८ हजार कोरोना संक्रमित, २५ सयको मृत्यु

काठमाडौं- भारतमा कोरोना संक्रमितको संख्या ७८ हजार ५५ पुगेको छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको बिहीबार बिहानसम्मको तथ्यांक अनुसार भारत सर्वाधिक संक्रमण फैलिएको देशको सूचीमा १२औं स्थानमा छ।

सूचीको पहिलो स्थानमा अमेरिका छ। त्यसपछि क्रमशः रुस, बेलायत, स्पेन, इटाली, ब्राजिल, फ्रान्स, जर्मनी, टर्की, इरान, चीन र भारत छन्।भारतमा २ हजार ५ सय ५१ को संक्रमणपछि मृत्यु भएको छ। त्यस्तै, २६ हजार ४ सय संक्रमणमुक्त भएका छन्।

विश्वभर कोरोना : ४३ लाख ४२ हजार संक्रमित, २ लाख ९६ हजारको मृत्यु
विश्वभर ४३ लाख ४२ हजार ५ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको बिहीबार बिहानसम्मको तथ्यांक अनुसार सर्वाधिक संक्रमण फैलिएको देशमा अमेरिका सबैभन्दा अगाडि छ। त्यहाँ १३ लाख ८९ हजार ९ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

त्यस्तै, रुसमा २ लाख ४२ हजार २ सय ७१, बेलायतमा २ लाख ३० हजार ९ सय ८५, स्पेनमा २ लाख २८ हजार ६ सय ९१, इटालीमा २ लाख २२ हजार १ सय ४, ब्राजिलमा १ लाख ८९ हजार १ सय ५७, फ्रान्समा १ लाख ७८ हजार १ सय ८४ जनामा संक्रमण पुष्टि भएको छ।

विश्वभर २ लाख ९६ हजार ६ सय ९० जनाको कोरोना संक्रमणपछि मृत्यु भएको छ। मृत्यु हुनेको संख्या अमेरिकामा सर्वाधिक छ। त्यहाँ ८४ हजार ५९ जनाको मृत्यु भइसकेको छ।

त्यस्तै, बेलायतमा ३३ हजार २ सय ६३, इटालीमा ३१ हजार १ सय ६, स्पेनमा २७ हजार १ सय ४, फ्रान्समा २७ हजार ७७ र ब्राजिलमा १३ हजार १ सय ४९ जनाको  मृत्यु भएको छ।

विश्वभर १५ लाख ४६ हजार ८ सय ११ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेको संख्या पनि अमेरिकामा नै सर्वाधिक छ। त्यहाँ २ लाख ४३ हजार ४ सय ३०, जर्मनीमा १ लाख ४८ हजार ७ सय, स्पेनमा १ लाख ४० हजार ८ सय २३, इटालीमा १ लाख १२ हजार ५ सय ४१ जना संक्रमणमुक्त भएका छन्। नेपालमा २ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये ३५ जना संक्रमणमुक्त भएका छन्। #स्वास्थ्य खबर पत्रिका

चर्चामा

सम्बन्धित समाचार