बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • कार्ल मार्क्सको २०३औँ जनम जयन्ती

कार्ल मार्क्सको २०३औँ जनम जयन्ती

  • मङ्लबार, बैशाख २३, २०७७
सेयर गर्नुहोस् :
कार्ल मार्क्सको २०३औँ जनम जयन्ती

उदाएको पनि दुई सए दुई बर्ष बलियो भयो,
कार्ल मार्क्सको जिवन यात्रा गार्भिलो भयो।

अट्ठार सए अड्तालिस को मार्क्सवादी बिधा,
संसार भरिकै सोशकलाई मुटुमा किलो भयो।

गरेका थिए मनो मानी मज्दुरको जिवन सँग,
बर्ग शंघर्षको सिद्धान्त उन्लाई अमिलो भयो।

जबउठ्यो श्रमजिवि रक्तरञ्जित झण्डा लिई,
प्रतिकृयावादलाई त्यो भयानक पिललो भयो।

टाउकाले टेकोको बिज्ञान लाई खुट्टाले टेकाए,
मार्क्सवादनै मानव समाज मा अघिल्लो भयो।

छैन गरिब श्रमजिविसँग आर्को कुनै हथियार,
मुक्तिकर्मि लाई त मार्क्सवादले सजिलो भयो।

हाम्रो देशमा पनि बर्ग संघर्ष सफल हुँने थियो,
औसरबादले लगाम छोप्दा क्रान्ति ढिलो भयो।
सुरेशकुमार पान्डे।५-५-२०२०

चर्चामा

सम्बन्धित समाचार