शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • कोरोना भाइरस कहिल्यै नजानसक्छ : डब्लूएचओ

कोरोना भाइरस कहिल्यै नजानसक्छ : डब्लूएचओ

  • बिहिबार, जेष्ठ १, २०७७
कोरोना भाइरस कहिल्यै नजानसक्छ : डब्लूएचओ

न्युयोर्क । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले नोभेल कोरोना भाइरस कहिल्यै नजान सक्ने बताएको छ । डब्लूएचओका आपतकालीन निर्देशक डा. माइक रायनले बुधबारको ब्रिफिङका क्रममा कोरोना भाइरस कहिल्यै समाप्त नहुनसक्ने चेतावनी दिएका हुन् ।

डा. रायनले भर्चुअल प्रेस कन्फरेन्सका क्रममा भने, “हामीले यो भन्‍न आवश्यक छ कि भाइरसको संक्रमण समुदायस्तरमा फैलिइसकेकोले भाइरस कहिल्‍यै समाप्त नहुन सक्छ । यो कहिल्यै नजान सक्छ ।”यसअघि एचआईभी पनि अन्त्य भइसकेको छैन । हामीले त्यसलाई नियन्त्रण र रोकथाम गर्नसक्ने भएका छन् । उनले थपे, “यदि कोरोना भाइरसविरुद्धको खोप पत्ता लागेमा कोरोना नियन्त्रणका लागि ठूलो प्रयास आवश्यक हुन्छ ।”

विश्वभर कोरोना भाइरसको संक्रमणबाट करिब तीन लाख मानिसहरुको मृत्यु भइसकेको छ भने ४३ लाखभन्दा बढी मानिसहरु संक्रमित भएका छन् । संयुक्त राष्ट्र संघले कोरोना भाइरसका कारण विश्वव्यापी लकडाउनका भएका कारण चिन्ता र मानसिक समस्याका बिरामी बढ्‍नसक्ने चेतावनी दिएको छ । विशेषगरी मानसिक समस्याका क्षेत्रमा कम लगानी गरिएका मुलुकहरुमा मानिसिक बिरामीहरु बढी हुने राष्ट्र संघले जनाएको छ । –बीबीसी

चर्चामा

सम्बन्धित समाचार