बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • कोरोनाले २४ घण्टामा ३ हजार २५२ को मृत्यु

कोरोनाले २४ घण्टामा ३ हजार २५२ को मृत्यु

  • मङ्लबार, बैशाख ३०, २०७७
कोरोनाले २४ घण्टामा ३ हजार २५२ को मृत्यु

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण पछिल्लो २४ घण्टामा ३ हजार २५२ जनाको ज्यान गएको छ ।  सबैभन्दा धेरै अमेरिकामा ९७२, ब्राजिलमा ३९६, फ्रान्समा २६३, बेलायतमा २१०, स्पेनमा १२३, इटलीमा १७९, क्यानडामा १२३ जनाको ज्यान गएको छ ।

कोरोना संक्रमणले ज्यान गुमाउनेको संख्या २ लाख ८६ हजार ९८६ पुगेको छ ।  पछिल्लो २४ घण्टामा ७२ हजार ७६५ कोरोना संक्रमित थपिएका छन् । जसमध्ये सबैभन्दा धेरै १७ हजार ६२४ नयाँ संक्रमितको पहिचान भएको छ । २४ घण्टामा रसियामा ११ हजार ६५६ कोरोना संक्रमितको पहिचान भएको छ । कोरोना संक्रमितको संख्या ४२ लाख ५० हजार ८६२ पुगेको छ । यसमध्ये हाल २४ लाख ३८ हजार ६८३ संक्रमित छन् ।

चर्चामा

सम्बन्धित समाचार