बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • तीन वर्षअघि छोरासँग सम्बन्धविच्छेद भइसकेकी बुहारीलाई फकाउन सासुद्वारा धर्ना

तीन वर्षअघि छोरासँग सम्बन्धविच्छेद भइसकेकी बुहारीलाई फकाउन सासुद्वारा धर्ना

  • सोमवार, बैशाख २९, २०७७
तीन वर्षअघि छोरासँग सम्बन्धविच्छेद भइसकेकी बुहारीलाई फकाउन सासुद्वारा धर्ना

कोरोनाले संसारभरी अहिलेसम्म थाहा छैन कतिको घर उजाडेको छ तर भारतको भोपालमा यसका कारण एउटा टुटिसकेको सम्बन्ध पुनः जोडिएको छ  । भारतीय मिडिया दैनिक भास्करमा प्रकाशित एक समाचार अनुसार तीन वर्षअघि सम्बन्धविच्छेद लिइसकेका श्रीमान्–श्रीमतीबीच पुरानो गठबन्धन जागृत भएको छ । र यसको पहल सासुले गरेकी छिन् । सासुले बुहारीलाई कोरोनाका कारण केही हुनुअघि नै छोरालाई सम्हाल्न आग्रह गरेकी छिन् । बुहारी र उनका आमा–बुवालाई फकाउनका लागि सासुले उनको घरमा धर्नासमेत दिइन् । त्यसपछि बुहारीले पनि आफ्नो मनलाई रोक्न सकिनन् र आफ्नो सम्बन्धलाई पुनः अघि बढाएकी छिन् । यी दुईका सात वर्षकी एक छोरी पनि छिन् । यो निर्णयले सबैभन्दा धेरै खुसी उनीहरुकी छोरी नै भएकी छिन् ।

स्रोतका अनुसार यी दुईको विवाह सन् २०१२ जनवरीमा भएको थियो । एक वर्षपछि उनीहरुको छोरीको जन्म भयो । व्यवसायमा व्यस्त हुने भएकाले व्यापारीले श्रीमतीलाई समय दिन सकिरहेका थिएनन् । यी दुईबीच आमाको पनि दखल थियो  । यसैकारण उनीहरुबीच धेरैजसो विवाद भइरहन्थ्यो । कुटपिटको अवस्थासमेत सृजना भयो । युवती घरमा झगडा भएपछि माइती जान्थिन् । उनीहरु सँगै बस्नै नसक्ने स्थिती निम्तियो । अदालतले यी दुईलाई सँगै बस्नका लागि तीनपटक काउन्सिलिङ पनि दियो । तर उनीहरु तयार भएनन् । अन्ततः सन् २०१७ फेब्रुअरीमा उनीहरुको सम्बन्धविच्छेद भयो । त्यतिबेला छोरी चार वर्षकी थिइन् । बुवालाई छोरी भेट्न अनुमती पनि दिइएन ।

लकडाउनमा छोराको दुर्दशा देख्न सकिनन् आमालेः

दैनिक भास्करमा बताइए अनुसार लकडाउन भएपछि उनका छोरा घरमा बस्न थाले । उनी सधैं कोठामा एक्लै बस्दथे र पुरानो यादमा हराउने गर्दथे । उनी खाना खानका लागि मात्रै कोठाबाट बाहिर निस्कन्थे । अरु समय विवाह र छोरीको जन्मपछिको फोटो एल्बम र भिडियो हेरेर बस्दथे । आमाले छोराको यस्तो दुर्दशा हेर्न सकिनन् । छोरालाई डिप्रेशनमा देखेर आमाले त्यहि काउन्सलरको नम्बर खोजिन् जसले सम्बन्धविच्छेदका बेला काउन्सिलिङ गरेकी थिइन् ।

काउन्सलरले यदि छोराकी पूर्व श्रीमतीले विवाह गरेकी छैनन् भने दुईको सम्बन्ध पुनः जोडिन सक्ने बताइन्  । त्यसपछि उनी सम्धी, बुहारी र नातिनीलाई फकाउनका लागि उनको घर पुगिन् । उनीसँग हरेक कुराका लागि माफी मागिन् । घरबाहिर धर्नासमेत दिइन् ।

सासुले बुहारीलाई भनिन्, ‘तिमीले पनि त दोस्रो पटक विवाह गरिनौं । सायद तिमीले पनि मेरो छोरालाई अहिलेसम्म पनि मन पराइरहेकी छौ ।’ त्यसपछि बुहारी रोइन् । ६ दिनको प्रयासपछि अन्त्यमा बुहारीको परिवार मान्यो र आइतबार यी दुईको विवाह भयो । #राताेपाटि

चर्चामा

सम्बन्धित समाचार