दशैँमा मासुका परिकार खाँदा यी कुरामा पनि ध्यान दिनुहोस्
नेपालीहरुको महान् चाड दशैँ भित्रिसकेको छ । गाउँहोस् वा शहर, केटाकेटी हुन् वा वृद्धवृद्धा, धेरैलाई दशैँको रौनक छाइसकेको छ । दशैँको बेला धेरै दिनसम्म मनमोहक प्राकृतिक वातावरण, आफन्तसँग समय बिताउन पाउने खुसी, आदिले धेरैको प्रतिक्षा चाड हो, दशैँ । परिवारका सबै सदस्यहरु भेलाभएर एक आपसमा रमाइलो गर्दै मीठो मसिनो खाएर यो पर्व मनाउने गरिन्छ । […]