बुधबार, बैशाख ५, २०८१

आज चैते दसैं मनाइँदै

  • शनिबार, चैत्र २६, २०७८
आज चैते दसैं मनाइँदै

आज चैत शुक्ल अष्टमी अर्थात हिन्दुहरूको पर्व चैते दसैं ।देवीको पूजा र उपासना गर्दै मनाइँदै छ। असुर शक्तिमाथि दैवीशक्तिको विजय तथा असत्यमाथि सत्यको विजयका रुपमा हिन्दुहरूले वर्षको दुईपटक दसैं मनाउने गरेका छन् । असोजमा मनाइने दसैंलाई बडादसैं र चैतमा मनाइनेलाई चैते दसैंका रुपमा चिनिन्छ ।

पुराना कथन अनुसार, पहिले मुख्य दसैँ चैतमा पर्ने गर्दथ्यो । तर यो समयमा सुख्खा भएर खडेरी पर्ने, मौसम बदली हुनुका साथै दसैँको भोजन र हिँडडुलले धेरैजना बिरामी परेपछि दसैँलाई वर्षको मध्यमा सारिएको मान्यता छ ।

चैते दसैं असोजमा पर्ने वडादसैं जस्तो धुमधामका साथ मनाउने गरिएको छैन । चैतमा अष्टमीको दिनलाई दसैं भनेर हिन्दुधर्मालम्बीहरुले रमाइलो गर्छन् ।

दसैंमा घर-घरमा तथा देवीका मन्दिरमा देवीभागवत, कालिका पुराणलगायत स्तोत्र पाठ गरिन्छ । वर्षको दुईपटक चैत र असोजमा गरिने दुर्गापूजाको महत्वबारे शास्त्रमा वर्णित छ । आजका दिन शक्तपीठहरूमा भक्तजनको भीड लाग्ने गर्दछ ।

चर्चामा

सम्बन्धित समाचार