शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • देश
  • बाजुरामा २६ हजार बढिलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

बाजुरामा २६ हजार बढिलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

  • बुधबार, बैशाख ७, २०७९
बाजुरामा २६ हजार बढिलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

बाजुरा — बाजुरामा २६ हजार ८ सय १४ बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाईने भएको छ । बाजुरा जिल्लामा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु गरेको हो । सरकारले मंगलबार र बुधबार राष्ट्रिय भिटामिन ए कार्यक्रम तथा जुकाको औषधि खुवाउन सुरु गरेको स्वास्थ्य कार्यालय बाजुराका सुचना अधिकारी ममता जोशीले जानकारी दिएकी छन् ।

बाजुरामा झण्डै १४ हजार १ सय ९५ बालबालिकालाई भिटामिन ‘ए’ र २२ हजार ६ सय १९ बालबालिकालाई जुकाको औषधि खुवाइन सुरु गरेको स्वास्थ्य कार्यालय बाजुराका सुचना अधिकारी जोशिले बताएकी छन । ६ देखि ५९ महिना उमेर सम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन सुरु गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार