सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • समाज
  • घरमै पुगेर कोरोना बिरुद्धको खोप लगाउदै स्वास्थ्यकर्मी

घरमै पुगेर कोरोना बिरुद्धको खोप लगाउदै स्वास्थ्यकर्मी

  • मङ्लबार, चैत्र २२, २०७८
घरमै पुगेर कोरोना बिरुद्धको खोप लगाउदै स्वास्थ्यकर्मी

बाजुरा–बाजुरा जिल्लामा कोरोना बिरुद्धको खोप घरमै पुगेर लगाउन शुरु गरेका छन् । गाउँमा रहेका अशक्त, अपाङ्ग तथा कोरोना खोप लगाउन छुटेकालाई गाउँमा खोज्दै खोप लगाउने गरेको स्वास्थ्य कार्यलय बाजुरा प्रमुख दयाकृष्ण पन्तले वताएका छन् ।
बुढिगंगा नगरपालिका ९ बस्ने ६२ पदम बहादुर सिंह शारिरिक रुपमा अशक्त हुन् । कोरोना बिरुद्धको खोप लगाउन उनि खोप केन्द्र जान सकेका थिएनन्, बोकेर लिन पनि कोही नभएकाले खोप बाट बञ्चित रहेका थिए । स्वास्थ्यकर्मी घरमै पुगेर कोरोना बिरुद्धको पहिलो खोपको मात्रा लगाएको सिंहले वताएका छन् । घर घरमा पुगेर खोप केन्द्र पुग्न नसकेका तथा खोप लगाउन बाट छुटेकालाई खोजेर खोप लगाउन शुरु गरेको देबलसैन स्वास्थ्य चौकीका सिनेरअहेब कुबेर बहादुर सिंहले वताए ।
बुढिगंगा नगरपालिकाले गाउँ गाउँमै स्वास्थ्यकर्मी पठाएर घर बाट यताउती जान नसक्ने र कोही चेतनाको अभाबले पनि खोप लगाउने छुटेकालाई खोप लगाउन शुरु गरेको स्वास्थ्य शाखा प्रमुख दिपक शाहले वताएका छन् । पालिकामा सम्पुणर् लक्षित वर्गलाई पाउनुपर्ने सबै खोप लगाएर पुणर् कोभिड खोपयुक्त पालिका घोषणा गर्ने तयारी रहेको शाहले वताएका छन् ।
स्वास्थ्यकर्मी गाउँमा गएर कोरोनाको खोप सँगै स्वास्थ्य शिक्षा दिने गरेका छन् । गौमुल गाउँपालिकाले पनि घर घरमा पुगेर छुटेकालाई कोरोना बिरुद्धको खोप लगाउन शुरु गरेको छ । धेरै गाउँ टाढा रहेका छन्, अशक्त, अपाङ्ग खोप बाट छुटेकाले घरमै पुगेर खोप लगाउन शुरु गरेको गौमुल गाउँपालिकामा कार्यरत अनमि लक्ष्मि बोहाराले वताएकि छन् । गौमुल गाउँपालिका पनि पुणर् कोभिड खोपयुक्त पालिका घोषणा गर्ने तयारी रहेको गाउँपालिका अध्यक्ष हरि बहादुर रोकायाले वताएका छन् ।
बाजुरामा १२ बर्ष माथिकालाई कोभिड खोप लगाउने काम भइरहेको छ । बाजुरामा पहिलो मात्रा खोप ९६ हजार ८ सय १, दोस्रो मात्रा ७२ हजार ८ सय १५ र बुस्टर डोज खोप १६ हजार १ सय ३२ जनाले लगाएको स्वास्थ्य कार्यालय बाजुराका खोप अधिकृत्त लेखनाथ न्यौपानेले जानकारी दिएका छन् ।
बाजुरामा ९ स्थानिय तहका ८४ केन्द्र बाट खोप लगाउने गरेको छ । खोप केन्द्रमा आउन नसक्ने र छुटेकालाई घरमै गएर खोप लगाउन शुरु भइरहेको स्वास्थ्य कार्यलयल बाजुराका प्रमुख दयाकृष्ण पन्तले वताएका छन् । १२ बर्ष माथिका बाजुराका सम्पुणर् नागरिकलाई पुणर् रुपमा कोरोना बिरुद्धको खोप लगाइसक्ने लक्ष्य रहेको पन्तले वताए ।

चर्चामा

सम्बन्धित समाचार